२ महीनापछि २६०० विन्दु मुनि झर्‍यो परिसूचक, ३ अर्ब ६२ करोड बराबरको शेयर खरीदविक्री

फागुन १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ६३ दशमलव ५४ अंक अर्थात् २ दशलमव ४३ प्रतिशत घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ५४७ दशलमव शून्य ४ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर ५५ हजार २१२ पटकमा रू. ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७२ कायम भएको छ । त्यसैगरी दोस्रोमा सिभिल बैंकको १ दशमलव २५ प्रतिशत बढेर रू. २२६ दशमलव ३० कायम भएको हो ।  त्यसैगरी बुधवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ८ दशमलव २६ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३१ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव ६८ प्रतिशत घटेर प्रतिकित्ता रू. ८८० कायम भएको हो ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. १६ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १८४ दशलमव ९० कायम भएको छ ।  त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनीको रू. १४ करोड १९ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  बैंकिङ समूहको परिसूचक १ दशलमव ६ प्रतिशत, व्यापार समूहको २ दशमलव ४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव २८ प्रतिशत, विकास बैंक समूहको ३ दशमलव ४२ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ३९ प्रतिशत, वित्त समूहको ३ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ६३ प्रतिशत, अन्य समूहको २ दशमलव १९ प्रतिशत, लघुवित्त समूहको २ दशमलव १४ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ४५ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १७ प्रतिशतका दरले घटेको हो ।  बुधवार नेप्से परिसूचक दुई महीना यताकै न्यून विन्दुमा आएको हो । नेप्से परिसूचक पुस १७ गते २ हजार ५२४ दशमलव ५० विन्दुमा रहेकोमा त्यसपछि दुई महीनापछि फागुन १८ गते २ हजार ५४७ दशमलव शून्य ४ विन्दुमा झरेको हो ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज रुपमा उपलब्ध नहुनु र ब्याजदर वृद्धिको कारण पनि शेयर बजार प्रभावित भएको हो । यसोत निरन्तर बजार घटिरहेकाले लगानीकर्ताहरु पेनिक बनेकाले पनि बजार घटेको देखिन्छ ।  बजार सधै घटिरहने मात्र पनि होइन, घटबढ भइरन्छ । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो लगानी रणनीति अनुरुप अल्पकालिन तथा दीर्घकालिन लगानी गर्ने यकिन गरी कम्पनीको आधारभूत तथा प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ ।