डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।