अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध भएको छ।शीर्ष १२ अन्तर्गत समूह १ को खेलमा वर्षा बाधक भएपछि आयरल्यान्ड डर्कवर्थ लेविस (डिएल) नियमका आधारमा ५ रनले विजयी भयो। मेलबर्नमा बुधबार इंग्ल्यान्डको ब्याटिङका क्रममा वर्षा भएर फेरि खेल हुन नसक्दा आयरल्यान्ड भाग्यमानी साबित भयो।टस हारेर पहिलो ब्याटिङ गरेको आयरल्यान्डले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो।जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४ दशमलव ३ ओभरमा १