१४ अंक घटेर २५२७.५८ विन्दुमा ओर्लियो नेप्से, ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १४ दशलमव २६ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२५ ओटा धितोपत्रको ३८ लाख ९० हजार १३१ कित्ता शेयर ३१ हजार ४३१ पटकमा रू.१ अर्ब ७५ करोडमा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये यो दिन तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । इमर्जिङ नेपालको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १२ दशमलव ३०, नेष्डो समृद्ध लघुवित्तको रू.८७२ दशमलव ६० र नेपाल राष्ट्र उत्थान लघुवित्तको रू. १ हजार ९० दशलमव ६० पुगेको छ । ती  तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  त्यसैगरी यो दिन सबैभन्दा बढी एनआइबिएल समृद्धि फण्ड २ को इकाई मूल्य ४ दशमलव ७३ प्रतिशतले घटेको छ । उक्त फण्डको इकाई मूल्य प्रतिइकाई रू.८ दशलमव ६ कायम भएको छ । यस्तै दोस्रोमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशलमव ६ प्रतिशत घटेर रू. १ हजार २५५ कायम भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू.७ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको  छ । उक्त कम्पनीको रू.७ करोड २६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ६ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ५५ प्रतिशत,वित्त समूहको शून्य दशलमव ७४ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशलमव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २५ प्रतिशतले घटेको छ । त्यस्तै अन्य समूहको शून्य दशलमव ९९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६९ प्रतिशत,जीबन बिमा समूहको १दशमलव ५२ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतका दरले घटेको छ । पछिल्लो केही दिनदेखि बजार निरन्तर घटिरहेको छ । बजार घट्दै जाँदा  भने करोबार रकम पनि घट्दै गएको छ । यसबाट के बुभ्न सकिन्छ लगानीकर्ताहरु सस्तो मूल्यमा शेयर बेच्न तयार छैनन् अर्थात् बजारमा प्यानिक सेलर सकिएको देखिन्छ । सोही कारण बजारमा अव बिस्तारै खरीदकर्ता आउने अनुमान लगाउन सकिन्छ । त्यसो त बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गर्न आवश्यक छ ।

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २०५ ओटा धितोपत्र मध्ये राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । सोही कारण कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू. १ हजार ४५१ दशमलव ४०, इमर्जिङ नेपालको रू.१ हजार ३४७ दशलमव २० र नेष्डो समृद्ध लघुवित्तको रू.१ हजार १६१ दशमलव २० पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १५ दशलमव ५६ अंक घटेर २ हजार ५२८ दशलमव ७४ विन्दुमा झरेको छ । उक्त अवधिमा कुल रू. ३० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

जनरल इन्स्योरेन्ससहित ५ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये जनरल इन्स्योरेन्स कम्पनी,सानिमा जनरल इन्स्योरेन्स,जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेड र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  उक्त अवधिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.६६० दशमलव १०,सानिमा जनरल इन्स्योरेन्सको रू.६६०,जीबन विकास लघुवित्तको रू.३ हजार ३००, इमर्जिङ्ग नेपालको रू. ८३६ दशमलव ७० र नेपाल राष्ट्र उत्थान लघुवित्तको रू.९०१ दशमलव ४० पुगेको हो । ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसैगरी बीमा कम्पनीलाई बीमा समितिले पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै खरीदकर्ता आकर्षित भएका हुन् । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ११ अंक घटेर २ हजार ५९४ दशमलव ५६ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू.२ अर्ब ७६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये दुई आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ९ दशलमव ९९ प्रतिशतका दरले शेयरमूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य रू.१ हजार ४७२ र बुद्धभुमि नेपालको रू. ५६० दशमलव ४० पुगेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७२ दशमलव ६४ अंक बढेर २ हजार ८५२ दशमलव ६२ विन्दुमा पुगेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा दुई ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२३ओटा धितोपत्रमध्ये दुइ आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । विन नेपालको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपालको रू. ३८२ दशमलव ९० रहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशमलव ८७ अंक घटेर २ हजार ८५९ दशमलव ६४ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. ४ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा कर्पोरेट डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २०९ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन लाइफ हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५५० दशमलव २०,ग्रीनलाइफ हाइड्रोपावरको रू. ५०१ दशमलव ६० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३१३ दशमलव ५० पुगेको छ । बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।यो समाचार तयार पार्दासम्मा नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा यो दिन २८ दशमलव ३७ अंक बढेर २ हजार ८१३ दशमलव ३२ विन्दुमा पुगेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस १९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार २१५ पुगेको छ ।  बजार बढेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त  अवधिसम्ममा नेप्से परिसूचक ४७ दशमलव ९२ अंक बढेर २ हजार ६३२ दशमलव ८३ अंकमा पुगेको छ ।

नेपाल बङ्गलादेश बैंकसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेप्से परिसूचक ४२ अंक बढेर २७५७.९७ विन्दुमा पुगेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल बङ्गलादेश बैंक,बोटलर्स नेपाल तराई, अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  तेह्रथुम पावर कम्पनीको शेयर मूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी तीन ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बजार बढेसँगै ती चार ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३५८ दशमलव ६०,बोटलर्स नेपाल तराईको रू. १४ हजार ३०८ दशमलव २०,अपर तामाकोशी हाइड्रोपावरको रू. ६४१ दशमलव ३० र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३१ दशमलव ६० पुगेको छ ।