११ ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट, लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीमा

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा ११ ओटा धितोपत्रको  शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये ११ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो अवधिसम्ममा बजार अघिल्लो कारोबार दिनको तुलनामा ६३ अंक बढेर २ हजार ६७५ दशमलव ८४ विन्दुमा पुगेको छ ।  नयाँ सारथि लघुवित्त वित्तीय संस्था,मिथिला लघुवित्त वित्तीय संस्था,जीवन विकास लघुवित्त वित्तीय संस्था,ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था,सबैको लघुवित्त वित्तीय संस्था,सामुदायिक लघुवित्त वित्तीय संस्था,सिईडिबी हाइड्रोपावर,किसान लघुवित्त वित्तीय संस्था,ग्रामीण विकास लघुवित्त वित्तय संस्थाको शेयरमूल्यमा सर्किट लागेको छ ।  त्यसैगरी मैलुङ खोला जलविद्युत कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेसँगै खरीदकर्ता धेरै हुँदा ती ११  ओटा धितोपत्रको शेयरमूल्य बढेको हो ।   बुधवार बजार बढ्दा अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आकर्षक लाभांश वितरण गर्ने अपेक्षा गर्दै लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताको आर्कषण परेको देखिन्छ ।   

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ६१ करोड बराबरको शेयर खरीदविक्री

माघ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ६० अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८७० दशलमव ७४ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर १ लाख ८ हजार ३६५ पटकमा रू. ६ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ मा खरीदविक्री भएको हो ।   कारोबारमा आएका ती धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९५९ दशमलव २० पुगेको छ । त्यसैगरी दोस्रोमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ७३ प्रतिशतले वृद्धि भएर रू. ७४४ पुगेको छ । बिहीवार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २६० मा झरेको हो । त्यसैगरी दोस्रोमा पोखरा फाइनान्सको शेयरमूल्य ३ दशमलव शून्य ७ प्रतिशतले घटेर प्रतिकित्ता रू. ५९६ कायम भएको छ । त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको रू. ८२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९३ कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजी ५० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ५० लाखभन्दा बढी पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।  यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रो कम्पनीमा अपि पावर कम्पनी रहेको छ । उक्त कम्पनीको  रू. ५२ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत र निर्जीबन बीमा समूहको शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ् समूहको शून्य दशमलव ३४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ७५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव २ प्रतिशत,विकास बैंक समुहको १ दशमलव शून्य ६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।  यसैगरी अन्य समूहको शून्य दशमलव ४१ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ९७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ६५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतका दरले घटेको छ ।  बिहीवार नेप्सेमा सामान्य करेक्सन आएको छ । बजार खुलेको पहिलो घण्टासम्ममा दोहोरो अंकले बजार बढेको थियो । यो दिन बढेको बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा सामान्य करेक्सन आएको छ । कारोबार रकम भने पछिल्ला केहि दिनको तुलनामा वृद्धि भएको छ । मंगलवार रू. ६ अर्ब ५७ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । पछिल्लो समय लगानीकर्ताले थोरै बढ्यो कि नाफा बुक गरिहाल्ने गरेको देखिएको छ । सोही कारण पनि बिहीवारको बजारमा पनि विक्रेता हावी भएको देखियो । हुन त बजार घटबढ भइरहन्छ । तर पनि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा भने राम्रो प्रतिफल प्राप्त पाउँन सक्छन् ।