दोहोरो अंक घटेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

दोहोरो अंक घटेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सम्बन्धित सामग्री

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

सोमवार दोहोरो अंकले बढ्यो नेप्से, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर किनबेच

वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेको छ । नेप्से परिसूचक २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रको ३३ लाख २४ हजार ८२२ कित्ता शेयरको २८ हजार ६७५ पटकमा  रू. १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ बराबरको शेयर खरीद विक्री भएको छ ।   कारोबारमा आएका २२२ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८३९ दशमलव ८० पुगेको छ । त्यसैगरी दोस्रोमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव ७७ प्रतिशत वृद्धि भएर रू. १ हजार २९० पुगेको हो ।  सोमवार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ७८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९५ मा झरेको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव २४ प्रतिशत घटेर रू. ८९५ कायम भएको छ ।  सोमवार सर्वाधिक शेयर खरीदविक्री  नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ७ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड ४ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ५३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८८ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७० प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, वित्त समूहको शून्य दशमलव १० प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ५५ प्रतिशत र निर्जीवन बीमा समूहको समूहगत परिसूचक शून्य दशमलव ५७ प्रतिशतका दरले बढेको हो ।