नेष्डो समृद्ध लघुवित्तसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २०५ ओटा धितोपत्र मध्ये राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । सोही कारण कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू. १ हजार ४५१ दशमलव ४०, इमर्जिङ नेपालको रू.१ हजार ३४७ दशलमव २० र नेष्डो समृद्ध लघुवित्तको रू.१ हजार १६१ दशमलव २० पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १५ दशलमव ५६ अंक घटेर २ हजार ५२८ दशलमव ७४ विन्दुमा झरेको छ । उक्त अवधिमा कुल रू. ३० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।   

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक रू.१३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री

वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सवा दुई घण्टाको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको १३ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो । कम्पनीको शेयर कारोबारमा आएको दोस्रो दिनदेखिनै सकारात्मक सर्किट लाग्दै आएको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३१२ दशमलव ५० पुगेसँगै विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा  कम्पनीको शेयरमा २७ हजार ३३० कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १४ दशमलव ३८ अंक घटेर २ हजार ३४२ दशमलव ८६ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. ६५ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट

वैशाख ६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३ हजार ११ दशमलव ४० पुगेको छ । धितोपत्रको दोस्रो बजारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यसैगरी प्रि-  स्पेशल सेसनमा मंगलवारदेखि कारोबारमा भएको ग्रीन भेन्चर्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । प्रि - स्पेशल सेसनमा कम्पनीको शेयर  प्रतिकित्ता रू.२७१ दशमलव १० मा पहिलो कारोबार भएकोमा बढेर  रू.२९८ दशमलव २० पुगेको छ ।

नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, खरीद माग उच्च

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको केही समयको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ८७० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १ लाख ५२ हजार ३५५२ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएका आज १०औं दिन हो । कारोबारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू.१ हजार ७५६ दशलमव १० पुगेको छ । ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९६ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २७७ दशमलव ३० कायम भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।