कर्पोरेट डेभलपमेन्ट बैंकसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा कर्पोरेट डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २०९ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन लाइफ हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५५० दशमलव २०,ग्रीनलाइफ हाइड्रोपावरको रू. ५०१ दशमलव ६० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३१३ दशमलव ५० पुगेको छ । बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।यो समाचार तयार पार्दासम्मा नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा यो दिन २८ दशमलव ३७ अंक बढेर २ हजार ८१३ दशमलव ३२ विन्दुमा पुगेको छ ।   

सम्बन्धित सामग्री

नाफा बुक भएसँगै नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ३ करोड बराबरको शेयर खरीदविक्री

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ५१ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८०३ दशमलव ६२ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर ९० हजार ५९० पटकमा रू.८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ मा खरीदविक्री भएको छ । नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।   यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ६०५ दशमलव २०, निफ्राको रू.३७२ दशमलव ९०,नारायणी डेभलपमेन्ट बैंकको रू.६२७ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३४४ दशमलव ८० पुगेको हो ।  त्यसैगरी यो दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव २१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको ५ दशमलव ५३ प्रतिशत घटेर रू. ३७६ मा झरेको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल बङ्गलादेश बैंकको भएको छ । कम्पनीको रू. २८ करोड ६९ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रू. २७ करोड ६१ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको शून्य दशमलव ६५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव शून्य ९ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १३ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमव २१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ३९ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ३८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २१ प्रतिशत,वित्त समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।  यस्तै अन्य समूहको ३ दशमलव ४४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १२ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २९ प्रतिशतका दरले घटेको छ । केहि दिनदेखि बढेको बजारमा यो दिन लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेका कारण सामान्य करेक्सन भएको छ ।  पछिल्ला कारोबार दिनमा बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ। शेयरमूल्य बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण बजार करेक्सन भएको हो।

निफ्राको शेयरमा खरीद चाप सर्वाधिक, ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

पुस २८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयर खरिद चाप बुधवार उच्च रहेको छ ।  कारोबारको सवा एक घण्टाको अवधिसम्ममा कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरीद आदेश रहेको छ । उक्त अवधिसम्म निफ्राको शेयर विक्रीकर्ता भने देखिएका छैनन । उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९० कायम भएको छ ।   निफ्रासँगै ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि    बुधवार निफ्रासँगै चार ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकाशी जलविद्युत् कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो । उक्त अवधिसम्म कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ दशमलव २० पुगेको छ भने मध्य भोटेकोशीको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ दशमलव ८० पुगेको छ ।  त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६२७ दशमलव ९० पुगेको छ ।

६ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४९ दशमलव १९ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ८३४ दशलमव १३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये छ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सिभिल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ भने बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । बजार बढेसँगै ती छ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५७० दशमलव ९०, नेपाल फाइनान्सको रू.६९३,पोखरा फाइनान्सको ५७३ दशमलव १०, कर्पोरेट डेभलपमेन्ट बैंकको रू. ५५० दशमलव २०, मध्य भोटेकोशी जलविद्युत कम्पनीको रू.३१३ दशमलव ५० र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रू. १ हजार १८६ पुगेको छ ।

नारायणी डेभलपमेन्टसहित यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, १० भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका […]

सामान्य अंकले नेप्से बढ्दा ४ कम्पनीको सकारात्मक सर्किट

काठमाडौं, २४ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दु कायम हुँदा १४ अर्बको उच्च कारोबार भएको छ । आज ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तका […]