साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस १९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार २१५ पुगेको छ ।  बजार बढेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त  अवधिसम्ममा नेप्से परिसूचक ४७ दशमलव ९२ अंक बढेर २ हजार ६३२ दशमलव ८३ अंकमा पुगेको छ ।

सम्बन्धित सामग्री

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

नेप्सेमा सामान्य करेक्सन, करीब ५ अर्बको शेयर किनबेच

काठमाडौं ।  नेप्से परिसूचक बुधवार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ९ दशमलव शून्य १ अंकले घटेर २ हजार १७३ दशमलव १० विन्दुमा कायम भयो ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको १ करोड ३३ लाख ४ हजार १४० कित्ता ६९ हजार ६३७ पटकमा रू. ४ अर्ब ९२ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ । सोही कारण पनि एक दिन बढेको भोलिपल्टै बजारमा सामान्य करेक्सन देखिएको छ ।  मंगलवार ३२ अंकले बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै यस दिन सामान्य करेक्सन आएको हो । यद्यपि कारोबार रकम भने बढेको छ । मंगलवार रू. ३ अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा बुधवार झण्डै रू. ५ अर्ब बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरू बताउँछन् । आज पनि अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा रहेकाले जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको देखिन्छ ।  बुधवार पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२६ दशमलव ७० कायम भएको छ । त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ ।  बुधवार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत घटेर प्रतिकित्ता रू. ४ हजार ४९५ मा कायम भएको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ६ दशमलव ९२ प्रतिशत घटेर रू. ३७१ दशमलव २० कायम भएको छ ।  यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ३५ करोड ७८ लाख बराबर भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यस्तै अपि पावर कम्पनीको रू. १९ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ८४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

लामो समयपछि १ करोड कित्ता शेयर किनबेच, कारोबार रकम ४ अर्ब नाघ्यो

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । तिब्र उतारचढाव आएको नेप्से सूचक कारोबार अन्त्य हुँदा ९.७५ अंकले घटेर २०६७.६७ को बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २१ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको १७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख तथा अरुणकाबेली पावरको ११ करोड ७८ लाखको कारोबार भएको छ । लामो समयपछि आज नेप्सेमा १ करोड कित्ता बढी शेयर कारोबार भएको हो भने कारोबार रकम ४ अर्ब नाघेको हो ।आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामलिङ पवरको शेयर मूल्य ७.७० प्रतिशत तथा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ६.८५ प्रतिशत बढेको छ । आज युनियन हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.१८ प्रतिशतले घटेको छ भने ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य ६.०४ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ट्रेडिङ, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स  बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुह सर्वाधिक ६.८२ प्रतिशतले बढेको छ।

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

नेपाल फाइनान्स र साल्ट्र ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको करीब एक घण्टाको अवधिमा नेपाल फाइनान्स र साल्ट्र ट्रेडिङ कर्पोरेशनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१० ओटा धितोपत्र मध्ये नेपाल फाइनान्स र साल्ट्र ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेपाल फाइनान्सको शेयरमूल्य १० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले सर्किट लागेको हो ।  नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५२८ पुगेको छ । उक्त कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू. ८५५५ पुगेको छ ।

सन् २०२१ को पहिलो शेयर कारोबारले रच्यो नयाँ किर्तिमान - Purbeli News

काठमाडौँ / सन् २०२१ शुरु भएपछिको पहिलो कारोबारमै सेयर बजारले नयाँ किर्तिमान कायम गरेको छ । आइतबार खुलेको एक घण्टा नपुग्दै सेयर बजार सूचक ४० अंकमाथि पुगेर नयाँ किर्तिमान कायम गरेको हो । बजार खुल्ने बित्तिकै तीन कम्पनी हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ र बोटलर्स नेपाल तराइको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बजारलाई...