काठमाडौं : महामारीका बेलामा पनि संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएकाले कानून व्यवसायीलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ।
कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।
डिएलएका महासचिव लक्ष्मीदेवी दाहालका नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनका बेलामा पनि अदालत जानुपर्न...