महामारीका बेलामा पनि कानुन व्यवसायीहरूले संविधान र कानुनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानुन व्यवसायीहरूलाई खोप पाउने अग्र सुचीमा राख्न डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएलए) ले माग गरेको छ। कानुन व्यवसायी तथा पूर्व कानुन मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानुन व्यवसायीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।