उद्योगी व्यापारीलाई खोप उपलब्ध गराउन निजी क्षेत्रको माग

साउन २४, वीरगञ्ज  । उद्योगी व्यापारीलाई कोरोनाको खोप उपलब्ध गराउन निजी क्षेत्रले माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को छैटौं कार्य समिति बैठकको उद्घाटनमा सहभागी उद्यमी व्यवसायीहरूले कोरोनाको जोखिममा रहेर काम गर्ने उद्योगी व्यापारीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्ने बताएका हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले खोपमा निजी क्षेत्रलाई न्यून प्राथमिकतामा राखेको गुनासो गरे । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगपति र व्यापारी नै खोप नपाएर जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताए ।  खोप किनेर लगाउँछौ भन्दा पनि पाउने अवस्था नभएको निजीक्षेत्रको गुनासो छ । सरकारले निःशुल्क दिन नसक्ने भए किनेरै भए पनि लगाउन उद्यमी व्यापारीहरू तयार भएको श्रेष्ठले बताए । खोपको उपलब्ध नहुँदा उद्यमी, तिनका परिवार र कामदार कर्मचारी सबै जोखिममा परेको सहभागीहरूले बताए । महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले तहगत सरकारहरूले ल्याएका योजना र निजीक्षेत्र बीच समन्वयमा समस्या देखिएको बताए । तहगत सरकारले स्टार्टअप र इनोभेटिभ उद्यमका लागि योजना ल्याए पनि कार्यान्वनयमा उत्साह नदिएको गुनासो लाठको थियो ।  सहभागी जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनको नाममा व्यापारीसित अनुचित लाभ लिने गरेको आरोप लगाए ।  सीमावर्ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान लैजाँदा प्रहरीले बाटोमा अनावश्यक दुःख दिएको गुनासो पनि उनीहरूले गरे ।  भीसीटीएसको कार्यान्वययन अव्यवहारिक भएको र ढुवानीमा कहिले भ्याट लगाउने कहिले हटाउने गर्दा व्यवसायी अन्योलमा सहभागीहरूको भनाइ थियो । सामाजिक सुरक्षा कोष, उपभोक्ता हित ऐनलगायतका कानूनी प्रावधानका कारण व्यवसायीमाथि समस्यामा थपिएको उनीहरुले बताए ।   

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोहीअनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेक

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।...

जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्। बिहीबार मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन्। भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको […]

सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रकाशमानको माग

सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा जोड दिए ।  “जनताले म

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

शिक्षकहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षकका लागि तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेकी छन् । आइतबारको बैठकमा बोल्दै उनले शिक्षकहरू ‘नो भ्याक्सिन, नो स्कुल’ भनेर आन्दोलित रहेकाले सरकारले ध्यान दिनुपर्ने बताइन्। कोभिड महामारीका कारण विद्यालय बन्द रहेका र सामुदायिक विद्यालयले भर्चुअल माध्यममा सबै विद्यार्थी समेट्न नसकेको उनले बताइन्। शिक्षालाई तहसनहस हुनबाट जोगाउनुपर्ने उनको भनाई थियो।

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

फिल्मकर्मीलाई चाँडो भन्दा चाँडो खोप उपलब्ध गराउन माग

काठमाडौं, २ असार । कोरोना महामारीमा चपेटामा परेको चलचित्र निर्माता संघले फिल्मकर्मीका लागि कारोना खोप उपलब्ध गराउन माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ हजार खोपको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माता संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, […]

उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । महासंघले निषेधाज्ञा र […]