जलविद्युत्मा  उल्लेख्य उपलब्धि

काठमाडौं । प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा भएका सहमति एवं सम्झौतालाई जलविद्युत् विज्ञहरूले निकै उपलब्धिमूलक बताएका छन् । जलविद्युत्विद् अनुप उपाध्यायले नयाँ दिल्लीमा भएका सम्झौता/सहमतिले जलविद्युत् क्षेत्रमा मात्रै नभई समग्र अर्थतन्त्रमै योगदान गर्ने बताए । ‘भएका सहमति/सम्झौताहरू निकै सकारात्मक छन् । यसबाट जलविद्युत् विकासमा सम्भावनाका थप ढोका खुलेका छन् । भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिपछि विद्युत्को बजार सुनिश्चितता पनि बढेको छ,’ उपाध्यायले भने ।  बगंलादेशमा बिजुली निकासी गर्न भारतीय भूमि प्रयोग गर्न पाइने सहमति जलविद्युत् विकासमा उल्लेखनीय उपलब्धि भएको उनको भनाइ छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूले पनि जलविद्युत्सम्बन्धी सम्झौता/सहमतिको स्वागत गरेका छन् । इप्पान उपाध्यक्ष मोहनकुमार डाँगीले बिहीवारका सम्झौता/सहमति ऐतिहासिक भएको बताए । ‘दिल्लीमा भएको सम्झौता/सहमति ऐतिहासिक छन् । बंगलादेशमा विद्युत् व्यापारका लागि बाटो खुल्ने कुरा मुख्य उपलब्धि हो,’ उनले भने । सम्झौता कार्यान्वयनको स्थितिले आगामी दिनमा विद्युत् विकासको गतिलाई थप स्पष्ट पार्ने उपाध्यक्ष डाँगीको धारणा छ । 

सम्बन्धित सामग्री

नेपालीको स्वास्थ्यमा उल्लेख्य सुधार : जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण

काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए तापनि महत्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न थप प्रयास आवश्यक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छैठौं सर्वेक्षण प्रतिवेदनले नेपालमा मातृ तथा नवजात शिशु […]

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ । एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज पत्रकार सम्मेलनमार्फत प्रदेश […]

‘महामारीका बीच नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुदृढीकरण कुनै पनि आकस्मिक अवस्थाको तयारी र प्रतिकार्यको प्रयासहरुको अभिन्न अंग हुनुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५ औं अधिवेशनमा भाग लिन भुटान पुगेका स्वास्थ्य राज्यमन्त्री केसीले सो अवसरमा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थाहरूलाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मिहिनेत गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘महामारीको बिचमा पनि

बाघ दोब्बर बढे, तर यो उपलब्धि मान्छेलाई महँगो

नेपालले बाघ संरक्षणमा उल्लेख्य प्रगति गरेको छ । यस बापत देश अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुँदैछ । तर, जंगल र निकुञ्ज आसपासका विपन्न र पहुँचहीन नागरिकका दृष्टिमा मुलुकका लागि यो निकै महँगो उपलब्धि हो ।

बाल श्रम उन्मूलनमा उपलब्धि

नेपालले बाल श्रम उन्मूलनमा उल्लेख्य उपलब्धि हासिल गरेको सरोकारवाला निकायले दाबी गरेका छन् । शुक्रबार जुन १२ का दिन विश्व बाल श्रम उन्मूलन दिवसका अवसरमा नेपालस्थित अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

मानसरोवर रोड बनाउने बीआरओलाई भारतका रक्षामन्त्री राजनाथ सिंहले दिए धन्यवाद

भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको सीमावर्ती क्षेत्रमा सडक तथा सुरुङ बनाउने कामदार तथा इन्जिनीयरहरूलाई शुक्रवार धन्यवाद दिएका छन् ।  त्यसक्रममा बीआरओले नेपालको समेत भूमि हुँदै बनाएको कैलाश मानसरोवर सडकको पनि चर्चा गरे । विगत पाँचसात वर्षमा बीआरओले उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै गर्दा उनले मानसरोवर सडकको कुरा झिकेका हुन् ।  पोहोर साल बीआरओले धारचुलालाई लिपुलेकसँग जोड्ने कैलाश मानसरोवर यात्रा मार्गको ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।  नेपालको भूमि अतिक्रमण गर्दै बनाइएको उक्त सडकको ...

खेलकुद मन्त्रीको एक वर्षे प्रगति : उल्लेख्य उपलब्धि हासिल :: Pahilopost.com

कुमार चौलागाईं काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बावजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आफू मन्त्री भएर आएको एक वर्षभित्र सङ्घीय शासन प्रणालीअनुसार आवश्यक कानून निर्माण भइनसक्दा पनि

'खेलकुद क्षेत्रमा उल्लेख्य सुधार'

काठमाडौं  : युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बाबजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको छ। मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आफू मन्त्री भएर आएको एक वर्षभित्र संघीय शासन प्रणालीअनुसार आवश्यक कानून निर्माण भइनसक्दा प...