सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सुत्केरी हुन भर्ना हुन आएकी एक महिला शौचालयमा छोरा जन्माएर फरार भएकी छन् । समाचार अनुसार सोमबार दिउँसो अस्पतालमा भर्ना हुन आएकी गर्भवती महिलाले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले बताउनुभएको छ । शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा राखिएको …