धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। रावललाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदले समर्थन गरेका छन्।नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन