लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका लीला गिरीकाे दाबी पेस

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकाे संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसाे ४ बजेभित्र सरकार...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोक