नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराए ।
सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको बताइएको छ ।
ओली आज धनगढीमा आयोजित आफ्नो समूहको कार्यक्रममा सहभागि हुन पुगेका थिए ।