ओलीले केन्द्रीय सदस्यहरु र पदाधिकारीहरुलाई गराए एकैसाथ शपथ

सौराहा- एमाले अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले आफूले शपथ ग्रहण गरेपछि अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई एकैसाथ शपथ गराएका छन्। बन्दसत्रको हलमा केन्द्रीय सदस्यहरु तथा पदाधिकारीलाई जो जहाँ बसेको त्यही ठाउँमा ओलीले शपथ गराएका हुन्। ओलीले भने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।