मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् । कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो । छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका […]

सम्बन्धित सामग्री

मालपोत कार्यालयका कर्मचारीलाई छिटो छिटो सरुवा नगर्न मन्त्री श्रेष्ठको निर्देशन

फागुन ९, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयमा छिटो छिटो कर्मचारी सरुवा नगर्न निर्देशन दिएकी छिन् । छोटो समयमा कर्मचारीको सरुवा हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजान पनि उनले आग्रह गरिन् । चक्रिय प्रणाली अनुसार कमर्चारी सरुवा गर्ने प्रक्रियाको सुरुवात भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरेकी हुन् ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् ।  मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी हुन् ।  विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि श्रेष्ठले भनाई छ ।  मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिएकी छन् ।

अब नापी र मालपोत शुद्धीकरण अभियान झन् सशक्त हुन्छः मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयमा थालेको शुद्धीकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गर्ने र अनलाइन सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी छन् ।     निजी सचिवालयले ...

मालपोत कार्यालयमा कृषि मन्त्रीको छड्के (फोटो फिचर)

२७ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बुधबार दिउँसो एक्कासि मालपोत कार्यालय, कलंकीमा पुगेका छन् । कार्यालयको अनुगमन गर्न उनी कार्यालयमा पुगेको हुन् । कार्यालयमा पुगेर उनले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारी, अधिकृत विष्णुप्रसाद गौतम लगायतलाई मालपोतमा सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो आएको भन्दै सुधार गर्न …

कृषिमन्त्रीकाे चेतावनीः बिचाैलीया र भ्रष्ट कर्मचारीकाे लिस्ट तयार पार्दैछाैँ !

काठमाडाैं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले वर्षाैँदेखि मालपोत तथा नापी कार्यलयमा बसी बिचौलियाको काम गर्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिस्ट तयार पारिरहेकाे बताएका छन् ।   साथै मालपोत तथा नापी कार्यालयमा ...