नेपाललाई अन्तराष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरीएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरीएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका हुन्। खेलाडीलाई…