३० लाख सरकारी बजेटमा महराकी श्रीमतीको  सम्झनामा बन्यो पार्क

काठमाडौं । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य  कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले  महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगु

सम्बन्धित सामग्री

दुई वर्षसम्म काम शुरु नभएपछि बहुउद्धेश्शीय ‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का रद्ध

चितवन । भरतपुर महानगरपालिकाको गौरवको विषय मानिएकोे ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ । तीनअर्ब लागतमा निर्माण गर्न लागिएको ठेक्का लागेको दुई बर्ष नाघ्दा समेत काम सुरु नभएपछि भरतपुर महानगरपालिकाले आर्या विल्डर्स इन्जिनियरिङ संगको ठेक्का रद्ध गरेको  हो । २०७८ साल भाद्र महिनामासार्वजनिक नीजि साझेदारी (पिपिपि) मोडल अन्तरगत तीन बर्षमा निर्माण गर्ने भनिएपनि ठेक्का पाएको कम्पनीले काम शुरु नगरेपछि बिहिबार बसेको कार्यपालिकाको बैठकले सम्झौता तोडेको प्रशासयिक अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । ‘पटक पटक पत्राचार गर्दा समेत निर्माण कम्पनीले काम सुरु नै गरेन,’ प्रशासकीय अधिकृत रानाले भने ‘बिहान बसेको कार्यपालिको बैठकले उनीहरुसंगको ठेक्का तोड्ने निर्णय गरेको छ ।’ कुनै कामनै शुरु नगरेपछि महानगरपालिकाले निर्माण कम्पनीलाई एक महिना अघि फाइनासियल क्लोजर, वातावरण मुल्यांकन, वर्क सेडुल, पेश गर्न मंसिर २० गतेसम्मको म्याद दिइएको थियो । कम्पनीले समयमा पेश नगरेपछि ठेक्का रद्द गरिएको हो । ठेक्का रद्दसंगै निर्माण कम्पनीलाई महानगरपालिकाले कारबाही समेत गरेको छ । ‘एक करोड २० लाख धरौती रकम जफत हुन्छ । उसले महानगरलाई ३५ लाख रुपैयाँ दिन बाँकी छ त्यो पनि असुल गरिन्छ’, आर्थिक महाशाखा प्रमुख जगन्नाथ अर्यालले भने ‘अहिले उसलाई कारबाही गर्न सक्ने भनेको यही हो ।’ ठेक्का रद्द भएपछि नयाँ प्रकृयाबाट निर्माण गरिने  उनले बताए । ‘सार्वजनिक नीजि साझेदारी कार्यक्रममा यही नै हुन्छ भन्ने छैन । पहिले ठेक्का खुलाउँदाको दोस्रो विलिङको कम्पनीलाई निर्माण गर्न दिन पनि सकिन्छ । नयाँ ठेक्का खुलाउन पनि सकिन्छ’, उनले भने, ‘अहिले के गर्ने भन्ने केही निर्णय भएको छैन ।’ दोस्रोमा भारतीय इनोभेटिभ कम्पनी थियो । रद्द गरेको निर्माण कम्पनी भने हाल सम्पर्कमा आउन चाहेको छैन । आर्या विल्डर्स इन्जिनियरिङ प्रा.ली बिच महानगर र आर्यबीच २०७८ साउन २४ गते तीन बर्षमा सक्ने गरी सम्झौता भएको थियो । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा निजी क्षेत्रले करिब तीन अर्ब लगानी निर्माण हुन लागेको थियो । तीन वटा बेसमेण्ट पार्किङ सहितको १२ तले सुविधासम्पन्न भवन बनाउने सम्झौता भएको थियो  । यहाँ चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु लगायतको डिपीआर तयार गरिएको थियो । कम्पनीलाई तीन बर्षमा निर्माण सम्पन्न गर्ने र २७ बर्ष व्यवसाय सञ्चालन गर्न दिने गरी ३० बर्षका लागि दिइएको थियो । त्यसपछि सो सम्पती महानगरपालिकाको स्वामित्वमा आउने गरी सम्झौता गरिएको अर्यालले जानकारी दिए । ३० वर्षमा निर्माण कम्पनीले करिब ८५ करोड राजश्व दिने सम्झौता भएको उनले सुनाए । मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने लक्ष्य राखिएको थियो । पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिने भनिएको थियो । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित एक करोड ५३ लाख ७५ हजार रुपैयाँ लिने सम्झौतामा उल्लेख थियो । राजश्व हरेक दुई वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए ।

भरतपुर महानगरले ल्यायो पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ । पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’ पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ । नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।

पर्यटन प्रवर्द्धनमा १ करोड ८० खर्च गरिँदै

दोलखा । पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा दोलखामा १ करोड ८० लाख रुपैयाँ खर्च हुने भएको छ । बागमती प्रदेश सरकारबाट डिभिजन वन कार्यालयमार्फत उक्त रकम खर्च गरिने भएको हो । चालू आवमा पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विभिन्न १० योजना÷कार्यक्रममा बागमती प्रदेश सरकारबाट उक्त रकम विनियोजन भएर आएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा उक्त कार्यक्रम अन्तर्गत १० लाखदेखि ३० लाखसम्म विनियोजन भएको  छ । विनियोजित रकममध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिका–३ स्थित कोटिहोम धार्मिक स्थलमा पूर्वाधार निर्माण गर्न ३० लाख विनियोजन भएको छ । यसैगरी अन्य कार्यक्रमहरूमा बैतेश्वर गाउँपालिका–६ मा बुद्धपार्क निर्माणका लागि २० लाख, शैलुङ गाउँपालिकामा रहेको ऐतिहासिक गोल्मा राजा–गोल्मा रानीमा छोर्तेन निर्माणका लागि २० लाख, मेलुङ गाउँपालिका–४ मा फुर्केसल्ला–शैलुङ पदमार्गका लागि २० लाख र तामाकोशी गाउँपालिकाको कालिदेवी–देउराली गढी पदमार्गका लागि २० लाख विनियोजन भएको डिभिजन वन कार्यालय दोलखाले जानकारी दिएको छ । यसैगरी साङखोला चोक सांस्कृतिक पदमार्गका लागि १५ लाख, भीमेश्वर नगरपालिका–४ मा पाण्डव पार्कका लागि १५ लाख, तामाकोशी गाउँपालिकामा तामाकोशी–देउराली–हिले पदमार्गका लागि १५ लाख, भद्रावती कुण्ड निर्माणका लागि १५ लाख र भीमेश्वर नगरपालिका–६ मा देउराली पिकनिक पार्क निर्माणका लागि १० लाख विनियोजन भएको डिभिजन प्रमुख सापकोटाले बताए । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन शीर्षकमा चालू आवका लागि सामुदायिक वनमा फलफूल खेती, बाँस रोपण, वातावरण संरक्षण, शहरी वन कार्यक्रम लगायतमा १ करोड ३६ लाख खर्च गरिने भएको छ । प्रदेशबाट आएका अधिकांश कार्यक्रम पूर्वाधार विकासका भएका छन् । तर डिभिजन वनसँग इञ्जिनीयरको दरबन्दी नभएकाले कार्यक्रम कसरी अगाडि बढाउने भन्ने समस्या भएको डिभिजन प्रमुख सापकोटाले बताए । यसका लागि सम्बन्धित मन्त्रालयसँग संवाद भइरहेको उनको भनाइ छ । जिल्लामा सामुदायिक वन समूहहरू र डिभिजन वन कार्यालयलाई जोड्ने वातावरण तथा वन विकाससँग सम्बन्धित कार्यक्रम माग गरी विभिन्न प्रस्ताव मन्त्रालयमा पठाइए तापनि त्यस्ता कार्यक्रम स्वीकृत नभएको डिभिजन वन कार्यालय दोलखाको गुनासो छ ।

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रमका लागि दोलखामा १ करोड ८० लाख खर्च

असोज २०, दोलखा । पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा दोलखामा १ करोड ८० लाख खर्च हुने भएको छ । वाग्मती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय मार्फत उक्त रकम खर्च हुने भएको हो । चालू आवमा पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विभिन्न १० योजना/कार्यक्रममा वाग्मती प्रदेश सरकारबाट १ करोड ८० लाख विनियोजन भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले अभियान दैनिकलाई बताए ।  सापकोटाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा उक्त कार्यक्रम अन्तर्गत ३० लाख देखि १० लाख सम्म रकम विनियोजन भएको  छ । विनियोजित रकम मध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा अवस्थित कोटीहोम धार्मिक स्थलका लागि पूर्वाधार निर्माण गर्न ३० लाख विनियोजन भएको छ । यसैगरी, अन्य कार्यक्रमहरुमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा बुद्धपार्क निर्माणका लागि २० लाख, शैलुङ गाउँपालिका मा रहेको ऐतिहासिक गोल्मा राजा–गोल्मा रानीमा छोर्तेन निर्माणका लागि २० लाख, मेलुङ गाउँपालिका वडा नम्बर ४ मा फुर्केसल्ला–शैलुङ पदमार्गका लागि २० लाख तथा तामाकोशी गाउँपालिका स्थित कालिदेवी–देउराली गढी पदमार्गका लागि २० लाख विनियोजन भई आएको डिभिजन बन कार्यालय दोलखाको भनाइ छ ।  यस्तै साङ् खोला चोक सांस्कृतिक पदमार्गको लागि १५ लाख, भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा पाण्डव पार्कका लागि १५ लाख, तामाकोशी गाउँपालिकामा तामाकोशी–देउराली–हिले पदमार्गका लागि १५ लाख, भद्रावती कुण्ड निर्माणका लागि १५ लाख र भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा देउराली पकिनिक पार्क निर्माणका लागि १० लाख रुपौयाँ विनियोजन भएको डिभिजन प्रमुख सापकोटाले बताए ।  यसैगरी राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन शीर्षकमा चालू आवका लागि समूदायिक वनमा फलफूल खेती, बाँस रोपण, थिनिङ, वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम लगायतमा डिभिजन वन कार्यालयमार्फत १ करोड ३६ लाख खर्च हुने सापकोटाको भनाइ छ । प्रदेशबाट आएका प्रायः सबै कार्यक्रमहरु पूर्वाधार विकासका भएको तर डिभिजन वनसँग इञ्जिनीयरको दरवन्दी नभएकोले कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्ने समस्या भएको डिभिजन प्रमुखको सापकोटाको भनाइ छ । यसका लागि सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको उनले बताए ।  जिल्लामा सामुदायिक वन समूहहरु र डिभिजन वन कार्यालयलाई जोड्ने वातावरण तथा वन विकाससँग सम्बन्धित कार्यक्रमहरु मग गरी विभिन्न प्रस्तावहरु मन्त्रालयमा पठाइएता पनि त्यस्ता कार्यक्रमहरु स्वीकृत नभएको डिभिजन वन कार्यालय दोलखाको गुनासो छ ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गरिँदै

रोल्पा (अस) । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्यले गाउँपालिकाले बृहत् योजना बनाई प्यूठानको धार्मिकस्थल स्वर्गद्वारी आउने पर्यटकलाई रोल्पासम्म ल्याउन पहल थालेको हो । त्यसका लागि गाउँपालिकाको २ नम्बर वडामा पर्ने लुङ्ग्री र माडी नदीको किनार चतुर्भुजमा तटीय पार्क निर्माणका साथै त्रिपुरेश्वरी मन्दिरको मूल मन्दिर पुनर्निर्माण गरिएको छ । प्रदेश सरकारको ३०/३० लाख रुपैयाँ बजेटमा पार्क र मन्दिर निर्माण सम्पन्न गरिएको सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताए । यस्तै गाउँपालिकाको आफ्नै लगानीमा १ नम्बर वडामा पर्ने रातोमाटोमा पार्क बनाउने, खुङ्ग्रीकोट र गजुलकोट दरबारको संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाले बताएको छ ।

महरापत्नीको स्मृति पार्क बनाउन संघीय सरकारको ३० लाख

दाङ । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित कृष्णबहादुर महरा पत्नी सीता महराको स्मृतिमा रोल्पामा पार्क निर्माण गरिएको छ । पार्क बनाउन संघीय सरकारले ३० लाख बजेट निकासा गरेको थियो भने बाँकी जनश्रमदानबाट जुटाइएको हो । दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले दिवंगत महराको गृहनगर रोल्पा […]

पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गरिदैं

साउन १९, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वृहत योजना बनाई प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी आउने पर्यटकलाई रोल्पासम्म ल्याउनको लागि गाउँपालिकाले यस्तो योजना बनाएको हो ।  त्यसका लागि गाउँपालिकाको २ नम्बर वडामा पर्ने स्वर्गद्वारी महाप्रभुले स्नान गरेको लुङ्ग्री र माडी नदीको किनार चतुर्भूजमा तटीय पार्क निमार्ण गर्ने, सतिदेवीको अंग पतन भएको त्रिपुरेश्वरी मन्दिरको मूल मन्दिर पुनः निर्माण गरिएको छ । प्रदेश सरकारको ३०÷३० लाख बजेटबाट पार्क र मन्दिर निर्माण सम्पन्न भएको सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताए । यस्तै, गाउँपालिकाको आफ्नै लगानीमा १ नम्बर वडामा पर्ने रातोमाटोमा पार्क बनाउने, खुङ्ग्रीकोट र गजुलकोट दरवारको संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

भरतपुरमा सवा करोड लागतमा  बालउद्यान निमार्ण कार्य शुरु

वैशाख १४, चितवन ।  आन्तरिक पर्यटकलाई लक्षित  गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित श्री नवजागृति सामुदायिक वनमा ईको पार्कको अवधारणा अन्तर्गत बाल उद्यान निर्माण शुरु गरिएको  छ ।  १ करोड २५ लाख रुपैयाँको लागतमा श्री नवजागृति सामुदायिक वन उपभोक्ता समुह भरतपुर वडा नम्बर ११ र भरतपुर महानगरपालिकाको साझेदारीमा उक्त बाल उद्यान निर्माणकार्य शुरु गरिएको हो ।बाल उद्यानको लागि पहिलो चरणमा ३७ लाख ८५ हजार ६३२ रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिका उपाध्यक्ष नारायण बहादुर केसीले बताए । जसमध्ये ३० लाख रुपैयाँ महानगरले र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने सम्झौता भएकोे छ । बाँकी रकम प्रदेश सरकार,पर्यटन बोर्ड, वन उपभोक्ता समुह र अपुग भएको रकम महानगरले पुनः थप सहयोग गर्ने गरी निर्माणको काम शुरु गरिएको उनले जानकारी दिए  । करीब दुई हेक्टर क्षेत्रफलमा विसं २०७८ असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।सामुदायिक वनमा निर्माण हुन लागेको बाल उद्यान आकर्षणको लागि जैविक विविधता, प्राकृतिक सौन्दर्यताको झल्को देखाउने संरचनाहरु निर्माण गरिने उनले बताए ।  बालबालिकालाई लक्षित गर्दै वन वातावरण र वन्यजन्तुको महत्व , शिक्षा तथा संरक्षणको जनचेतना जगाउने उद्धेश्यले जैबिक विविधता म्युजियमसमेत राखिने छ । योसहित बालबालिकालाई मनोरञ्जन दिनका लागि, मिनी सुइमिङ् पुल, चिप्लेटी, फोटो पार्क, आकर्षक फूलबारी ढुङ्गाभित्र फूललगायतको संरचना निर्माण गरिनेछ ।  भरतपुर महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये भरतपुर महानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा बढी जनसंख्या भएको हुँदा आन्तरिक पर्यटकलाई लक्षित गर्दै उक्त पार्क निर्माण गर्न लागेको वडाका अध्यक्ष बाबुराम अधिकारीले बताए । पार्क निर्माणपछि सामुदायिक वनको आयस्रोत बढ्ने तथा स्थानीयको जीवनस्तर उकास्नसमेत टेवा पुग्ने उनको भनाइ छ । भरतपुरको केन्द्रमा रहेकोले आगामी दिनमा पर्यटनको हब हुने भन्दै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने वडाध्यक्ष अधिकारीले बताए । साँढे चार हेक्टर क्षेत्रफलमा रहने इको पार्कका अन्य संरचनाहरु आगामी आर्थिक वर्षमा निर्माण गर्दै जाने योजना रहेको उनले बताए ।