म्याग्दी – पछिल्लो समय सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि पार्क निर्माण गर्ने क्रम बढ्दो छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा बेनी नगरपालिका–२, खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल र मंगला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको १८ लाख रुपैयाँको लागतमा मंगलाको बाबियाचौर तथा १२ लाख रुपैयाँको लागत...