धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गरिँदै

रोल्पा (अस) । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्यले गाउँपालिकाले बृहत् योजना बनाई प्यूठानको धार्मिकस्थल स्वर्गद्वारी आउने पर्यटकलाई रोल्पासम्म ल्याउन पहल थालेको हो । त्यसका लागि गाउँपालिकाको २ नम्बर वडामा पर्ने लुङ्ग्री र माडी नदीको किनार चतुर्भुजमा तटीय पार्क निर्माणका साथै त्रिपुरेश्वरी मन्दिरको मूल मन्दिर पुनर्निर्माण गरिएको छ । प्रदेश सरकारको ३०/३० लाख रुपैयाँ बजेटमा पार्क र मन्दिर निर्माण सम्पन्न गरिएको सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताए । यस्तै गाउँपालिकाको आफ्नै लगानीमा १ नम्बर वडामा पर्ने रातोमाटोमा पार्क बनाउने, खुङ्ग्रीकोट र गजुलकोट दरबारको संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाले बताएको छ ।

सम्बन्धित सामग्री

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा

सिमकोट- बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो। पादुका धामकाे विकासका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संरक्षण र प्रर्बद्धनका कार्यक्रम नल्याउँदासम्म […]

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक-धार्मिक सम्बन्ध

काठमाडौं । श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले सीता-राम र रावणका विषय धार्मिक इतिहास भएको र नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ । शनिबार दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको …

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताए  । “राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ ब

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

काठमाडौँ – श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्धधनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताए । ‘राम, सीता र रावणका विषय धार्मिक इतिहासमा […]

नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छः प्रधानमन्त्री गुणवर्द्धना

काठमाडौँ – श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन्। दक्षिण एसियाका नेपाल, भारत र श्रीलंका पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धनाले श्रीलंकामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलंकाबीच धार्मिक सम्बन्ध रहेको बताए। ‘राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ। अझ […]

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

काठमाण्डाै - श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धधनले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धधनले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताउनुभयो । 'राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाण बनाएको छ', उहाँले भन्नुभयो । सङ्...

पाँचथरमा पर्यटक भित्र्याउन ऐतिहासिक धार्मिक स्थलको निर्माण गरिंदै

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्धेश्यले गुरु योजना बनाई ऐतिहासिक,धार्मिक स्थल निशान कालीका धाम परिषरमा पोखरी बनाउने भएको छ । याङवरक गाउँपालिका-४ मा रहेका यी ऐतिहासिक धार्मिक स्थल, पोखरीको प्रतिनिधिसभा सदस्य नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन पूर्वमन्त्री योगेश भट्टराईले शिलान्यास गर्नुभएको थियो । शिलान्यास गर्दे मन्त्री भट्टराईले ऐतिहासिक,धार्मिक […]

ऐतिहासिक धार्मिक मठ–मन्दिरको सार्वजनिक जग्गा यसरी हुँदैछ अतिक्रमण

जनकपुर । ऐतिहासिक धार्मिक नगरी जनकपुरधाममा कुनै समय मठ–मन्दिरको अधिनमा ६ हजार बिघाभन्दा बढी जग्गा थियो । २३ वटा गुठी मातहतका मठ–मन्दिरको नाममा रहेका सो जग्गामध्ये करिब ५ हजार बिघा जग्गा अतिक्रमणको चपेटमा परेका छन् । मन्दिरका महन्तदेखि पूजारी लगायतले मठ–मन्दिरका नामका सार्वजनिक जग्गा हड्पेर व्यक्तिको नाममा दर्ता गराएका छन् ।ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक स्थलका जग्गा अतिक्रमण अहिले पनि रोकिएको छैन । अतिक्रमित भएका मठ–मन्दिरको जग्गामा अहिले ठुल्ठुला होटल, महल तथा

ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियान थालेको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन्। वडा...