इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ भएको खेलमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले निरन्तर गोल यात्रा जारी राखेपछि सिटीले १० खेलाडीमा समेटिएको वल्भेसमाथि ३-० को जित निकाल्यो।सिटीले वल्भेसको घरेलु मैदानमा पहिलो मिनेटमै अग्रता लिएको थियो। ज्याक गार्लिसले केभिन डि ब्रुयनेको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए लगत्तै हालान्डले अग्रता दोब्बर बनाएका थिए। उनले १६ औं मिनेटमा प्रिमियर लिगमा आफ्नो ११ औं गोल गरे। जारी सिजन हालान्डले ९ खेलबाट १४ गोल पुर्&zw