काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।
वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।
वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए ।
८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१...