एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’