डब्ल्यूएचओकाे टाेलीलाई चीनले 'काेराेनासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क' नदिएकाे आरोप

काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) को उत्पत्तिबारे चीनमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनको टोली (डब्ल्यूएचओ) लाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको छ । कोरोनाको उद्गमस्थल मानिएको वुहानमा स्थलगत अध्ययन गरिरहेको डब्ल्यूएचओ टोलीलाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार अनुसन्धान टोलीले चीनसँग सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका एक सय ७४ जना सङ्क्रमितको प्रारम्भिक पूर्ण तथ्याङ्क माग गरेको थियो । तर चीनले पूर्ण प्रारम्भ...