प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासम