प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि