साढे दुई वर्षसम्म थन्किएका विद्युतीय गाडीलाई टायर र ब्याट्री विग्रेपछि मात्र सञ्चालनको अनुमति

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए  ।  दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’  प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले हालै कानुनी बाटो खुला गरेको छ ।   प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४  भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।  यो निर्णयले अलपत्र यी बस सञ्चालनका लागि बाटो खुला भएको छ ।  एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँ लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ ।  संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी लामो समय खुला आकाशमुनि थन्किदा कतिपयका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत विग्रेका छन् । लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि भनेर ल्याइएका पाँच १९ सिट क्षमताका बस र १४  पाँच सिट क्षमताका भ्यान  स्वचालित ढोका भएका र शारीरिकरुपमा अशक्तका लागि अपाङ्गमैत्री पनि छन् ।  लुम्बिनीलाई प्रदूषणमुक्त राख्न २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो तर आवश्यक कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि थन्किएका थिए । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन ती साधन अनुदानमा आएका हुन् ।  कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लामो समयदेखि अलपत्र विद्युतीय बस सञ्चालनको कानुनी बाटो खुलेको जानकारी दिए । “खुसी छु, यी बस तथा भ्यानहरुले न्याय पाउने भएका छन्”, उनले भने, “कोषाध्यक्ष भएर बसेको पहिलो बैठकदेखि विद्युतीय बस सञ्चालनका लागि निरन्तर कुरा उठाउँदै आएकोमा आज बल्ल यसले आधिकारिक रुपमा पर्यटकको सेवामा गुड्न पाउने नम्बर प्लेटको अनुमति पाउने बाटो खुलेको छ ।” उक्त निर्णयको कार्यन्वयनका लागि मातहत यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीलाई समेत निर्देशन गरिसकेको पत्र बुधवार कोषलाई प्राप्त भएको कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए ।  यसबाट लामो समयदेखि अल्झिएको सवारी नम्बर प्लेट परिवर्तनको कानुनी बाटो प्रदेश सरकारले फुकाइदिएको छ । अब छिट्टै नै पर्यटन सवारीमा दर्ता गरेर यी सवारी साधनलाई पर्यटन सेवाका रूपमा सञ्चालन गरिने सदस्य सचिव शाक्यले बताए । “अब बढीमा एक महीना लाग्छ त्यसपछि मुख्यतया बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामसहित नेपाल भारत सीमा बेलहिया र बुटवल क्षेत्रसम्म सेवा सञ्चालन गर्ने छौँ”, उनले भने, “सञ्चालन नमूनाका विषयमा पनि कार्यविधि बनेको छ त्यसैको आधारमा छलफल गरेर तय गर्ने छौँ ।”  कोषले केही महीना यी सवारी साधनको परीक्षण सञ्चालन गरेर पनि अनुमति नपाउँदा नियमितता दिन पाएको थिएन । अब एउटा व्यवस्थित योजना बनाएर प्रस्तावित कार्यविधिलाई छलफल गरी नियमित सञ्चालनमा ल्याइने कोषाध्यक्ष भट्टराइले बताए । एडिबीले दिएको २८ करोड रुपैयाँ बराबरको अनुदानको पनि अब व्यवस्थित सदुपयोग हुने उनले बताए । “बस सञ्चालन हुने कुराले पर्यटकको सेवामा थप उत्साहसँगै रामग्राम, देवदह तथा तिलौराकोटबाट नियमित लुम्बिनी आउने तीर्थयात्रीलाई सहज हुनेछ”, उनले भने, “अब फेरी विद्युतीय सवारीबाट धम्मयात्राले निरन्तरता पाउने छ ।”  कोषले गत असोज १३ गतेबाट दसैँ, तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने जनाउँदै परीक्षणका रुपमा पाँच बस निः शुल्क सञ्चालन गरिएको थियो ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रुपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच  बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । –रासस

सम्बन्धित सामग्री

ट्याक्टरका सबै आकारका टायर नेपालमै उत्पादन

ग्रीन टायर्स प्रालिले हाते र कृषिमा प्रयोग हुने ट्याक्टरका लागि थप छ आकारका टायरको उत्पादन सुरू गरेको छ ।ट्याक्टरमा प्रयोग हुने सबै प्रकारका टायर नेपालमै उत्पादन गर्ने उद्देश्यले कम्पनीले टायर उत्पादन सुरू गरेको हो । छ आकारका टायर थपिएसँगै अब कम्पनीसँग ११ आकारका ट्याक्टरका टायर हुनेछन् । यस अघि कम्पनीले पाँच आकारका टायर उत्पादन गर्दै […]

ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउँदै

माेरङ – माेरङको कटहरी गाँउपालिकास्थित ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगका प्रबन्धक निर्देशक विनीत सिंघानियाले नीजि क्षेत्रबाट खोलिएको उद्योगले नयाँ ब्राण्डसहित कृषी क्षेत्रमा प्रयोग हुने ट्याक्टर, हाते ट्रयाक्टरको प्रयोगमा सारथी र भूमि नामक ठूला र साना टायरको उत्पादन सुरु गर्ने जानकारी दिए। २०७३ […]

एमसिसीविरुद्ध टायर बालेर प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – विभिन्न वामपन्थी दल तथा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा आंशिक रुपमा परेको छ । बन्दकर्ताले काठमाडौँको भद्रकालीमा टायर बालेका छन् । उनीहरुले सडकबीचमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रहरीले लगत्तै प्रदर्शनकारीलाई तितरवितर पारेर आगो निभाएको छ । संसद बैठकमा एमसिसी पेश गर्ने तयारी भएको भन्दै विरोधमा रहेका दलहरुले बुधबार नेपाल […]

भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा बिक्री सुृरु गरिएको छ ।नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी […]

भारतको जेकेका अल्ट्रा लार्ज टायर नेपाली बजारमा

काठमाडौँ – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन्। नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो। एक कार्यक्रमबीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे। सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट […]

२ बर्षपछि यसरी निकालियो कोलोराडोको जंगलमा हरिणको टाउकोमा फसेको टायर

कोलोराडोको जंगलमा हरिणको टाउकोमा फसेको टायर झण्डै २ बर्षपछि निकाल्नमा सफलता मिलेको छ । कोलोराडो पार्क एण्ड वाइल्डलाइफका अधिकारीहरुले हरिणको टाउकोमा फसेको टायर निकालेर हरिणलाई जंगलमा नै छाडिदिएका छन् । हरिणको टाउकोमा दुईबर्षदेखि मालाजस्तोगरी टायर झुण्डिएपनि निकाल्न सकिएको थिएन । अधिकारीहरुले कैयन प्रयासपछि टायर निकाल्न सकेका हुन् । अधिकारीहरुले सन् २०१९ मा डेनभरदेखि ३० माइल […]

शेर्पा ब्रान्डको टायर बजारमा

निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ ।रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको छ । नेपालको कठिन सडक तथा भौगोलिक […]

सारथी टायर अब बजारमा

काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर […]

प्रधानमन्त्री विरुद्ध तिनकुनेमा टायर बालेर प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौंको बानेश्वरस्थित  तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै धनगढीमा टायर बालेर प्रदर्शन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लक्षित गरेर धनगढीमा टायर बालेर प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री नेकपा ओली समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर…