प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौंको बानेश्वरस्थित तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।