दाउरा बोक्दै स्थानीय

खाना पकाउने ग्यास आपूर्ति नहुने बारेकोट गाउँपालिका–१ रामीडाँडामा सामुदायिक वनबाट दाउरा सङ्कलन गरेर ल्याउँदै स्थानीय महिला । जिल्लाका अन्य ठाउँभन्दा यहाँ बढी चिसो हुने गर्दछ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा निःशुल्क दाउरा वितरण

कञ्चनपुर, २७ पुस । चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन्। उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला मजदुरी गरी दैनिक […]

‘दाउरा चुलो’मा मौलिक स्वाद

भक्तपुरको पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’ रेस्टुरेन्टले ग्राहकलाई मौलिक परिकार पस्कँदै आएको छ । हातले सिलौटामा पिँधेको मरमसला हालेर दाउरा–चुलोमा पकाइएका खानेकुरा सर्भ गर्ने गरिएको रेस्टुरेन्टका सञ्चालक विष्णुप्रसाद सापकोटाले बताए । काभ्रेको मण्डन–देउपुर...

शीतलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाद्वारा दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् ।  उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक

नेपालगञ्ज उपमहानगरले दाउरा बाँड्यो

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सर्वसाधारणका लागि दाउरा वितरण थालेको छ। नेपालगञ्जमा चिसो बढेपछि बढी भीडभाड हुने चोक, अस्पताल, कार्यालय र गरीव बस्तीहरुमा दाउरा वितरण थालिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं। १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए। उपमहानगरपालिकाले बुधबार डिभिजन वन कार्यालयबाट दुई चट्टा दाउरा ल्याएर वितरण गरेको छ । उपहानगरपालिकाले वन कार्यालयसँग ८ चट्टा […]

वन कार्यालयसँग नै दाउरा नहुँदा चिसोमा कठ्याङ्ग्रिँदै स्थानीयवासी

वीरगञ्ज- पर्साका स्थानीयवासीहरूले बढ्दो चिसोमा दाउरा पाउन सकेका छैनन्। डिभिजन वन कार्यालय र मातहतमा रहेका वन कार्यालयहरूमा समेत दाउरा तथा काठहरू मौज्दात नहुँदा स्थानीयले दाउरा नपाएका हुन्। पर्साको पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी र बहुदरमाई नगरपालिकाले डिभिजन वन कार्यालयबाट चिसोबाट बच्नको लागि काठ खरिद गर्न जाँदा कार्यालयले काठ छ‍ैन भनेर जवाफ दिएकाे बताएका छन्। अहिलेसम्म गाउँपालिकाले […]

सिरेटो सहेरै दाउरा संकलनमा जुम्ली महिला

कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्। जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।कार्तिक महिनामा

अफगानिस्तानमा दाउरा बेच्न प्रतिबन्ध

अफगानिस्तानमा तालिबानको इस्लामिकअमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ। तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए। कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे।मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन्। अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ। अधिकांश वन देशको पूर्वी पहाडी क्ष

दाउरा अभावमा शव जलाउन पाएनन् पशुपतिमा

काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले […]

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुप...

शवदाहका लागि धादिङ र रौतहटबाट ल्याइयो दाउरा

पशुपति आर्यघाटमा शवदाहका  लागि  दाउरा  अभाव  हटेको  छ  ।  धादिङ  र  रौतहटबाट  दाउरा आइपुगेपछि अभाव हटेको हो । धादिङबाट प्रतिट्रक १६ टनका दरले दुई ट्रक दाउरा बुधबार आइपुगेको  छ  ।   एउटा  ट्रक  धादिङको  गजुरीमा  बिग्रिएर बसेको छ भने धादिङबाट  थप  दाउरा आउँदै छ । साथै रौतहटबाट समेत थप  दुई ट्रक दाउरा बिहीबार काठमाडौँ  आएको छ ।साबिक टिम्बर कर्पोरेसन पशुपति डिपो प्रमुख द्रोण पोखरेलका अनुसार तत्काललाई श...