आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुप...

सम्बन्धित सामग्री

आठ वर्षदेखि बाढीपीडितको दसैं त्रिपालमै

कर्णाली । सबैतिर दसैंको उल्लास छाइरहेको छ । गाउँघर बाहिर रहेका दसैं मनाउन धमाधम घर फर्किए । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैंको रौनक झनै बढाइदिएको छ । तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । बाढीले वराह तालको तरंगा गाउँलाई नदी किनारमा परिणत गरेपछि त्यहाँका बासिन्दा आठ वर्षदेखि गिरिघाटस्थित शिविरमा त्रिपालमुनि बस्दै आएका छन् । ‘आठ वर्षदेखि खुसीले दसैं मनाउन सकेका छैनौं । यहाँ हाम्रो न घर छ, न त परिवारै’, ४१ वर्षीया ललिता सुनार भन्छिन्, ‘हाम्रा लागि दसैं दशाजस्तो बनेको छ । पक्की घर र जग्गा पाउने आशा अब निराशामा परिणत भयो ।’ बाढीले विस्थापित बनेपछि परिवारका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्छन् । आफ्नो घर नहुँदा भारत गएका दसंै, तिहारमा पनि फर्कन नचाहने गरेको उनी सुनाउँछिन् ।      बस्तीमा अधिकांश महिला तथा बालबालिका छन् । उनीहरूले गिटी कुटेर तथा दाउरा बेचेरै गुजारा चलाउने गरेका छन् । आफ्नो थातथलोमा उतिबेला मनाइने चाडपर्व सम्झँदै ३७ वर्षीया सिर्जना सुनार भन्छिन्, ‘घर लिपपोत गथ्र्यौं, आफन्त, इस्टमित्र सबै जमघट हुन्थ्यौं । अब त्यो हाम्रा लागि सपना बन्यो ।’ बाढीले परिवारै छिन्नभिन्न पारेको विस्थापित बताउँछन् । भेरी र सुर्खेतका अन्य नदीनालामा आएको बाढीले सुर्खेतमा ११५ को मृत्यु भएको थियो भने करिब एक हजार ४५ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ४५४ परिवार शिविरमै छन् । अर्का विस्थापित हरिलाल तारामी हरेक दिन साँझबिहान के खाने भन्ने चिन्तामै सात वर्ष बितेको बताउँछन् । ‘शिविरमा आम्दानीको स्रोत छैन । तरकारीदेखि सबै सरसामान किन्नुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘हामीलाई दसैं, तिहार आउनुभन्दा नआएकै जाती हुन्थ्यो ।’ शिविरको बसाइ भएकाले दसैंजस्ता चाडपर्वमा गाउँबाट कमै मात्र आफन्त आउने गर्छन् ।      सरकारले आवास निर्माणका लागि बजेट दिए पनि उक्त बजेटले आफूहरूलाई जग्गा पाउन मुस्किल भएको विस्थापितको गुनासो छ । ‘आवास निर्माणका लागि पहिलो किस्ता १ लाख ५० हजार दिने गरिएको छ, त्यो पैसाले सुर्खेतका कुनै पनि स्थानमा घडेरी किन्न सकिन्न । जग्गा नै नभएपछि घर कसरी बनाउनू ?’ विस्थापित अगुवा ललितबहादुर शाही भन्छन्, ‘सरकारले आठ वर्षसम्म पनि आवास निर्माण तथा पुनःस्थापना गर्न नसक्दा हामी चिन्तित छौं ।’      कर्णाली प्रदेश सरकारले २०७१ को बाढीबाट विस्थापित भएका ५५१ घरपरिवारलाई पुनःस्थापना गरिएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका २५४, वराहताल गाउँपालिकाका ४६, लेकबेंसी नगरपालिकाका १२, भेरीगंगा नगरपालिकाका १६०, गुर्भाकोट नगरपालिकाका ३२, पञ्चपुरी नगरपालिकाका ८४ र चौकुने गाउँपालिकाका तीन गरी ५५१ घरधुरीलाई आवास हस्तान्तरण गरिएको छ । रासस

आठ वर्षदेखि बाढीपीडितको दसैं त्रिपालमै

कर्णाली । सबैतिर दसैंको उल्लास छाइरहेको छ । गाउँघर बाहिर रहेका दसैं मनाउन धमाधम घर फर्किए । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैंको रौनक झनै बढाइदिएको छ । तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । बाढीले वराह तालको तरंगा गाउँलाई नदी किनारमा परिणत गरेपछि त्यहाँका बासिन्दा आठ वर्षदेखि गिरिघाटस्थित शिविरमा त्रिपालमुनि बस्दै आएका छन् ।      ‘आठ वर्षदेखि खुसीले दसैं मनाउन सकेका छैनौं । यहाँ हाम्रो न घर छ, न त परिवारै’, ४१ वर्षीया ललिता सुनार भन्छिन्, ‘हाम्रा लागि दसैं दशाजस्तो बनेको छ । पक्की घर र जग्गा पाउने आशा अब निराशामा परिणत भयो ।’ बाढीले विस्थापित बनेपछि परिवारका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्छन् । आफ्नो घर नहुँदा भारत गएका दसंै, तिहारमा पनि फर्कन नचाहने गरेको उनी सुनाउँछिन् ।      बस्तीमा अधिकांश महिला तथा बालबालिका छन् । उनीहरूले गिटी कुटेर तथा दाउरा बेचेरै गुजारा चलाउने गरेका छन् । आफ्नो थातथलोमा उतिबेला मनाइने चाडपर्व सम्झँदै ३७ वर्षीया सिर्जना सुनार भन्छिन्, ‘घर लिपपोत गथ्र्यौं, आफन्त, इस्टमित्र सबै जमघट हुन्थ्यौं । अब त्यो हाम्रा लागि सपना बन्यो ।’ बाढीले परिवारै छिन्नभिन्न पारेको विस्थापित बताउँछन् ।      भेरी र सुर्खेतका अन्य नदीनालामा आएको बाढीले सुर्खेतमा ११५ को मृत्यु भएको थियो भने करिब एक हजार ४५ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ४५४ परिवार शिविरमै छन् । अर्का विस्थापित हरिलाल तारामी हरेक दिन साँझबिहान के खाने भन्ने चिन्तामै सात वर्ष बितेको बताउँछन् । ‘शिविरमा आम्दानीको स्रोत छैन । तरकारीदेखि सबै सरसामान किन्नुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘हामीलाई दसैं, तिहार आउनुभन्दा नआएकै जाती हुन्थ्यो ।’ शिविरको बसाइ भएकाले दसैंजस्ता चाडपर्वमा गाउँबाट कमै मात्र आफन्त आउने गर्छन् ।      सरकारले आवास निर्माणका लागि बजेट दिए पनि उक्त बजेटले आफूहरूलाई जग्गा पाउन मुस्किल भएको विस्थापितको गुनासो छ । ‘आवास निर्माणका लागि पहिलो किस्ता १ लाख ५० हजार दिने गरिएको छ, त्यो पैसाले सुर्खेतका कुनै पनि स्थानमा घडेरी किन्न सकिन्न । जग्गा नै नभएपछि घर कसरी बनाउनू ?’ विस्थापित अगुवा ललितबहादुर शाही भन्छन्, ‘सरकारले आठ वर्षसम्म पनि आवास निर्माण तथा पुनःस्थापना गर्न नसक्दा हामी चिन्तित छौं ।’      कर्णाली प्रदेश सरकारले २०७१ को बाढीबाट विस्थापित भएका ५५१ घरपरिवारलाई पुनःस्थापना गरिएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका २५४, वराहताल गाउँपालिकाका ४६, लेकबेंसी नगरपालिकाका १२, भेरीगंगा नगरपालिकाका १६०, गुर्भाकोट नगरपालिकाका ३२, पञ्चपुरी नगरपालिकाका ८४ र चौकुने गाउँपालिकाका तीन गरी ५५१ घरधुरीलाई आवास हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले सम्बन्धित स्थानीय तहमार्फत पहिलो किस्ताबापत १ लाख ५० हजार, दोस्रो किस्ता १ लाख र आवास निर्माणको प्राविधिक प्रतिवेदनका आधारमा अन्तिम किस्ता ५० हजार उपलब्ध गराउने गरेको छ । रासस

कोशीको बाढी : कसैलाई दु:ख, कसैलाई आयस्रोतको माध्यम [तस्बिर]

विराटनगर : बर्खाको समय सप्तकोशी नदीमा आउने बाढी धेरैको जीवनमा दु:ख बनेर आउने गर्दछ। तर, कतिपयलाई भने आम्दानीको स्रोत पनि बनेको छ ।सुनसरीस्थित बराहक्षेत्र नगरपालिका राजबासस्थित सप्तकोशी नदीमा जोखिम मोल्दै स्थानीयहरु नदीले बगाएर ल्याएको काठ, दाउरा संकलन गर्ने गर्दछन् ।उनीहरु बर्खाको समय पहाडी भेगबाट बाढीले बगाएर ल्याएको काठ, दाउरा  झिक्ने र डुङ्गाको माध्यमबाट ओसार्ने गर्दछन् । विशेषगरी असार, साउन र भदौ महिना राजबासका स्थानीयबासी दाउरा, काठ संकलन गर्ने गरेको भुपेन्द्र चन्द्रवंशी

दाउरा संगै कोशीले बगाएको जीवन

इटहरी । सधैँ जस्तो आइतबार विहान सुनसरीको बराहक्षेत्र ६ का अनिल बस्नेत कोशीमा दाउरा टिप्न गए । सप्तकोशीको बाढीले बगाएर ल्याएको दाउरा टिपेर आगो बाल्दै आएका बराहक्षेत्रबासीका लागि आइतबार भने सुखद् भएन । सधैँ बाढीमा दाउरा टिपेर आफ्नो आम्दानीको स्रोत बनाउँदै खुशी भएका स्थानीयका लागि आइतबार अन्धकार बन्यो । आइतबारको बाढीले अनिललाई बगायो । उनको …

कोसीको बाढीमा त्राससँगै बगेर आउँछ खुसी पनि (फोटो फिचर)

कृष्ण बहाब भट्टराई इटहरी : बर्खायाममा उर्लने सप्तकोसीले धेरैका भोकनिद्रा खोस्छ। सप्तकोसीको किनारसम्म ढेउ (स्थानीय भाषामा छाल) आएसँगै स्थानीयबासी त्रसित हुने गर्छन्।  बाढीको डरसँगै एउटा खुसी पनि सँगै बगेर आउँछ। कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढीसँगै बगेर आउने काठ, दाउरा यहाँका स्थानीयको आम्दानीको स्रोत ह...

तकारीबाट डेढ लाख आम्दानी

सिस्ने गाउँपालिका वडा नं. ५ ढकालबाराकी चन्द्रा थापा शाह तीन वर्ष खट्टामा गहिरो चोट लाग्यो। दाउरा गएका बेला खुट्टामा चोट लागेपछि उनी साह्रो काम गर्न सक्दिनन्। घर खर्च बढ्दै गएको र आम्दानीको स्रोत नढेपछि उनी उनले घरमै सामान्य तरकारी खेती गर्न थालिन।