फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ । एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लबले प्रस्तुत गरेका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको थियो ।फ्रेन्च क्लबले २३ वर्षीय खेलाडीलाई उनको करारको अन्तिम वर्षमा रोक्न सफल भए पनि नयाँ करार सम्झौताका लागि उनलाई फकाउन भने सकेको छैन । नय