शीर्ष टोली रियल म्याड्रिड र रियल बेटिस भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ८ बजेपछि सुरु हुनेछ । दुवै टोलीले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेका छन् । सोही कारण यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलमा […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।स्यान्टियागो बर