सर्वसाधारणमा रिभर फल्सको आईपीओ आजदेखि विक्रीमा

वैशाख २८, काठमाडौं  । रिभर फल्स पावर लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको हो ।  कर्मचारीसहित सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा जेठ ११ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ । तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरूले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।   यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।  आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ । 

सम्बन्धित सामग्री

आजदेखि खुल्यो सिक्लेस हाइड्रोको आईपीओ

सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो स

धौलागिरी लघुवित्तको आईपीओ आजदेखि निष्कासन

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ मंगलबारदेखि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि […]

सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ खुल्ला

काठमाडौं, २ असार । सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँ रहेको कम्पनीले […]

राप्ती हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ। हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकालागि आईपीओ आजदेखि निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता […]

बुद्धभुमि नेपालले आजदेखि आईपीओ विक्रि गर्ने

काठमाडौं, ३२ साउन । बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका स्थानियलाई आईपीओ बिक्रि गर्न लागेकोे हो । कम्पनीको १२ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ । प्रतिशेयर १ सय अंकित मुल्यका आईपीओमा छिटोमा […]

साहस उर्जाको आईपीओ आजदेखि

काठमाडौं। साहस उर्जाले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर(आईपीओ)निष्कासन गरेको छ। कम्पनीले आजदेखि एक सय रुपैयाँ अंकित एकअर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड ५०लाख कित्ता आईपीओ निष्कासन गरेको हो। जसमध्ये ३५करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याएको छ। यस आईपीओमा चाँडोमा भदौ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन पाइनेछ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो । त्यसमध्ये […]

तेह्रथुम पावरको आईपीओ आजदेखि

काठमाडौं।तेह्रथुम पावर कम्पनीले आजदेखि साधारण सेयर(आईपीओ)निष्काशन तथा बिक्री खुल्ला गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागिमात्र आईपीओ खुलाएको हो।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले चार लाख कित्ता आईपीओमा आजदेखि साउन १९ गतेसम्म आवेदन भर्न पाउने छन्।न्यूनतम १० कित्ता र अधिकतमा ६० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

आजदेखि युनियन लाइफको आईपीओ

काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)आजदेखि बिक्री खुल्ला भएको छ। लगानीकर्ताले आजदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये, ५/५ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ।

सीईडीबी हाइड्रोको आईपीओ आजदेखि

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुलाएको हो। कुल आईपीओको ५० हजार ३६५ कर्मचारीलाई र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छट्टयाएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।