तेह्रथुम पावरको आईपीओ आजदेखि

काठमाडौं।तेह्रथुम पावर कम्पनीले आजदेखि साधारण सेयर(आईपीओ)निष्काशन तथा बिक्री खुल्ला गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागिमात्र आईपीओ खुलाएको हो।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले चार लाख कित्ता आईपीओमा आजदेखि साउन १९ गतेसम्म आवेदन भर्न पाउने छन्।न्यूनतम १० कित्ता र अधिकतमा ६० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित सामग्री

साहस ऊर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

कात्तिक ११, काठमाडौं । साहस ऊर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख आईपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै ती दुबै कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले तेह्रथुम पावर कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि रू.८४ दशमलव ७४ देखि २५४ दशमलव २२ सम्म मूल्य रेञ्ज तोकेको छ । त्यसैगरी साहस उर्जाको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि रू.१३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  ती दुबै कम्पनी र नेप्सेबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि ती कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार हुनेछ । साहस उर्जाको स्टक सिम्बोल एसएचएएस र तेह्रथुम पावरको टिपिसी रहेको छ ।

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

असोज ४, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी बीच भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्  ।  कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ । अब चाँडै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, ७४ हजार ४०० ले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवार बाँडफाँट गर्ने तयारी

भदौ २२, काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि - अलोटमेण्टको काम भइरहेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ गत भदौ ९ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको थियो ।  कम्पनीले जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डको लागि, १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।  उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार ९ जना आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन मागभन्दा ४२ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओ गोलाप्रथाद्वारा ७४ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

तेह्रथुम पावर कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओका लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गतेसम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो ।कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्कासनमा आउने ८ […]

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]

तेह्रथुम पावरको आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, ९ भदौ । आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्रिमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको […]

तेह्रथुम पावरको आईपीओ भदौ ९ गतेदेखि

तेह्रथुम पावर कम्पनीको यही भदौ ९ गतेदेखि आईपीओ बिक्री ख्ुला गर्ने भएको छ । कम्पनीको आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको […]

आयोजना प्रभावित स्थानीयका लागि तेह्रथुम पावरको आईपीओ आजदेखि विक्रीमा

साउन ५, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज ( मंगलवार) देखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ ।  सर्वसाधारणका लागि रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।  आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो । यो आईपीओ खरीदका लागि छिटोमा साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।  उक्त आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङ्लुङ, तेह्रथुम र जलविद्युत् आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्न लागेको हो ।  स्थायिन र आम सर्वसाधारणमा शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ ।  कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८४ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ ।