साहस उर्जाको आईपीओ आजदेखि

काठमाडौं। साहस उर्जाले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर(आईपीओ)निष्कासन गरेको छ। कम्पनीले आजदेखि एक सय रुपैयाँ अंकित एकअर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड ५०लाख कित्ता आईपीओ निष्कासन गरेको हो। जसमध्ये ३५करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याएको छ। यस आईपीओमा चाँडोमा भदौ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन पाइनेछ।

सम्बन्धित सामग्री

साहस उर्जा कम्पनीको आईपीओ डिम्याट खातामा आइपुग्यो

कात्तिक ११, काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्से तथा सिडिएससीमा सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म रू. ७० करोड बराबरको कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँट भने गत असोज १७ गते भएको थियो ।  ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले उक्त कम्पनीको आईपीओ पाएका थिए ।  कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट ओपन रेञ्ज रू. १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ ।   कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३५ दशमलव ११ रहेकाले नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

असोज १८, काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज रू. १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ रू. १३५ दशमलव ११ रहेकाले नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्यरेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ बाँडफाँट आइतवार (असोज १७ गते) भएको हो । ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन् । कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदनमध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

साहस ऊर्जाको आईपीओ बाँडफाँट भाेलि

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको सेयर भोलि (आइतबार) बाँडफाँट गर्ने भएको छ ।

साहस उर्जाको आईपीओ प्रि - अलोटमेण्ट सम्पन्न, आइतवार बाँडफाँट गर्ने तयारी

असोज १५, काठमाडौं । साहस उर्जा लिमिटेडकोे आईपीओ प्रि - अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ ।  विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार प्रि - अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो । बोर्डको स्वीकृति प्राप्त भए आइतवार आईपीओ बाँडफाँट गरिने जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।  कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि २४ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४५ करोड रहेको छ । आयोजना प्रभावित स्थानिय र सर्वसाधारणतर्फको आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ ।  कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविवद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल लागत रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । हाल आयोजनाको ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीले बताएको छ ।

साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट

भदौ २९, काठमाडौं । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता साधारण शेयरको निष्कासन गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई बाँडफाँट सम्बन्धी प्रचलित कानून बमोजिम ३५ लाख कित्ता साधारण शेयर भदौ २८ गते बाँडफाँट गरेको जानकारी गराएको हो ।  साथै, बाँडफाँटमा नपरेको रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

साहस उर्जाले असोज ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं, २९ भदौ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर […]

प्रभावित क्षेत्रलाई साहस उर्जा कम्पनीको आईपीओ बिक्री खुल्ला

साहस उर्जा कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि मात्र […]

साहस उर्जाको आजदेखि ३५ लाख कित्ता आईपीओ विक्री खुला

काठमाडौं, २९ साउन । साहस उर्जा लिमिटेडले आजदेखि सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । साउन २९ गतेदेखि शुक्रवार (आज) देखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ लागि विक्री गर्न लागेको हो । आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार […]

साहस उर्जाले साउन २९ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं, २१ साउन । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानियका लागि प्रतिशेयर १०० अंकित मूल्यमा आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा […]

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग - अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्  । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।