ढोरपाटनमा रोपियो १२ सय स्याउ बिरुवा

प्राकृतिक रुपमा फलेका स्याउको बजारीकरण नभएर खेर गइरहेका बेला ढोरपाटनमा स्याउका बिरुवा रोपिएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को नवी गाउँका किसानले व्यवसायिक स्याउ खेतीको तयारी पनि गरेका छन् । मुस्ताङबाट ल्याइएका १ हजार २ सय स्याउका बिरुवा रोपेर किसानले व्यवसायिक कामको थालनी गरेको बताए ।

सम्बन्धित सामग्री

किसानलाई स्याउ बगैँचा काँटछाँटको चटारो

मुगुका स्याउ किसानलाई अहिले बिरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ । माघ–फागुनलाई स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय मानिन्छ । अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने समस्या देखिने भएकाले मुगुका किसान यतिबेला बगैँचामा बिरुवा/बोट काँटछाँट गर्नमा व्यस्त भएका हुन् । फागुनको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउँन थाल्छन् …

बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।...

किसानबाट खरिद गरिएको स्याउ र ओखरका बिरुवा वितरण

सिमकोट – सिमकोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्याउ तथा ओखरका बिरुवा खरिद गरेर किसानलाई नै वितरण गरेको छ। किसानलाई बिरुवा उत्पादनमा हौसला बढाउन गाउँपालिकाले यो कार्य गरेको हो। गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले १० हजार स्याउ र ओखरका बोटमध्ये सात हजार बिरुवा किसानबाटै कलमी गर्न लगाएर खरिद गरी किसानलाई नै वितरण गरिएको बताए। उनले […]

जग्गाको चक्लाबन्दी गरेर स्याउ र ओखर खेती

सिमकोट – नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका युवाले जग्गाको चक्लाबन्दी गरेर व्यावसायिक स्याउ र ओखर खेती सुरु गरेका छन्। टुक्रा–टुक्रा जग्गामा बिरुवा लगाउनुुभन्दा बढी जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलमा एकसाथ व्यावसायिक खेतीमा युवा लागेका हुन्। हेक्पा गाउँका युवा पासाङ लामासहित तीन जना युवा मिलेर साढे दुुई सय रोपनी जग्गामा स्याउ र ओखेर खेती सुुरु गरिएको […]

जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस

जुम्ला– जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ र १०० ओखरका बिरुवा रोपेको हो । नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ भने नं २४ बाहिनी अड्डा २०० स्याउ […]

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का  हरिबहादुर  रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि  र १३ हजार बिरुवा बाजुराको लागि  बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको  सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ ।  मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’ उनले स्याउ नर्सरीब

महँगो हवाई भाडा तिरेर स्याउ र ओखरका बिरुवा ल्याइँदै

सिमकोट – हिमाली जिल्ला हुम्लामा स्याउ ओखरका बिरुवा जिल्ला बाहिरदेखि हवाई मार्गबाट हुम्ला ल्याउनुपर्ने बाध्यता छ। पैदल मार्गबाट ल्याउ सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याउनुपरेको हो। किसानले वितरण गर्नका लागि हुम्ला आइपुग्ने स्याउ तथा ओखरका बिरुवा हवाई मार्गबाट महँगो हवाई भाडा तिरेर ल्याउनुपर्ने बाध्यता रहेको नाम्खा […]

हेटौंडामा पनि फल्न थाल्यो स्याउ (फोटोफिचर)

हेटौंडा : सामान्यतः स्याउलाई आवश्यक हावापानी हिमाली भेगमा हुन्छ। तर हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ भित्रीमधेसको मकवानपुरको हेटौंडामा पनि फल्न थालेको छ। हेटौंडा–८ कमानेका किशोर पौडेलको बारीमा यतिबेला स्याउ फुल्न र फल्न थालेका छन्। चिसो ठाउँमा मात्रै फस्टाउँदै आएको स्याउ एक वर्षअघि गर्मी ठाउँमा पनि लगाएका पौडेल अहिले चिचिला लागेको स्याउको बोट हेर्दै मक्ख छन्। १४ कठ्ठामा ८ सय बिरुवा रोपेर पौडेलले हेटौंडामा सम्भवतः पहिलोपटक व्यवसायिक रुपमा स्याउ खेतीको सुरुवात

एकैपटक रोपिए ३० हजार स्याउका बिरुवा

जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् ।  गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ । स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्...

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]