एकैपटक रोपिए ३० हजार स्याउका बिरुवा

जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् ।  गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ । स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्...

सम्बन्धित सामग्री

१६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ । स्थानीय भीमबहादुर भण्डारीले ३० हजार स्याउका बिरुवा रोपेर स्याउ बगैंचा स्थापना गरेका हुन् ।

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षित

पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षित  भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो ।           जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती शुरु गरेको थियो। शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उहाँले जानकारी दिनुभयो ।     जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्षभयो। फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।          यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । भन्नुभयो,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी छ । ”