महँगो हवाई भाडा तिरेर स्याउ र ओखरका बिरुवा ल्याइँदै

सिमकोट – हिमाली जिल्ला हुम्लामा स्याउ ओखरका बिरुवा जिल्ला बाहिरदेखि हवाई मार्गबाट हुम्ला ल्याउनुपर्ने बाध्यता छ। पैदल मार्गबाट ल्याउ सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याउनुपरेको हो। किसानले वितरण गर्नका लागि हुम्ला आइपुग्ने स्याउ तथा ओखरका बिरुवा हवाई मार्गबाट महँगो हवाई भाडा तिरेर ल्याउनुपर्ने बाध्यता रहेको नाम्खा […]

सम्बन्धित सामग्री

आन्तरिक उडान भरिभराउ

दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

कोरिया जाने नेपाली कामदारको महँगो हवाई भाडा घटाउन पहल

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपालीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा दोब्बर बढी हवाई भाडा तिर्दै आएका छन् । कोरोना महामारीपछि ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकसँग दोब्बर बढी भाडा असुल गर्न थालिएको हो ।सामान्यतया काठमाडौँदेखि कोरियासम्मको भाडा ५०० देखि ६६५ डलरसम्मको हुन्छ । तर, ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारहरूले भने एक हजार २०० डलरभन्दा बढी तिर्दै आएका छन् ।ईपीएस कोरिया शाखाले भाडा घटाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत पहल गर्दै आएको छ । तर

फर्केका श्रमिकलाई महँगो हवाई भाडा र क्वारेन्टाइन शुल्क

विदेशमा न्यून पारिश्रमिकमा काम गरेर कोरोना महामारीको बेला सरकारको पहलमा फर्काइएका श्रमिकसँग हवाई भाडा र क्वारेन्टाइनको नाममा महँगो पैसा असुलिएको छ ।संक्रमणको बेला उद्धारका लागि उडानको व्यवस्था गरेको र क्वारेन्टाइनका लागि होटेलको छनोटसमेत गरेको सरकारले बेवास्ता गर्दा उनीहरूले महँगो पैसा तिर्नुपरेको हो । विदेशबाट फर्किएका श्रमिकहरूका अनुसार, एक श्रमिकले थप ४५ हजार रुपैयाँसम्म भार बेहोर्नु […]

विदेश गएको एक वर्षभित्र फर्कनेलाई निःशुल्क

कार्यविधि तयार हुन ढिलाइ गरिएपछि चार्टर्ड उडानमार्फत ३५ हजार बढी महँगो हवाई भाडा तिरेर घर फर्कन बाध्य भएका छन्।

कार्यविधि ढिलाइले महँगो हवाई भाडा

विदेशमा अलपत्र परेकालाई सरकारी कोषको रकम खर्चेर उद्धार गर्न अघिल्लो साता सर्वोच्च अदालतले आदेश दिएको थियो।

हवाई मार्गबाट ढुवानी गरी बिरुवा वितरण

जुम्लाबाट खरिद गरिएका स्याउ र ओखरका कलमी बिरुवा नेपालगञ्ज हुँदै हवाई मार्गबाट हुम्ला ल्याइएको छ । पैदल मार्गबाट ढुवानी गर्न धेरै समय लाग्ने भएपछि महँगो हवाई भाडा तिरेर हुम्लामा ओसारिएका हुन् । खार्पुनाथ गाउँपालिकाले किसानलाई वितरण गर्न यी बिरुवा ल्याएको हो । सो गाउँपालिकाको कृषि शाखाका प्रमुख हर्कवीर रावलले जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका बिरुवा नेपालगञ्ज पु-याएर हवाई मार्गबाट हुम्ला ढुवानी गरिएको बताउनुभयो ।