टर्कीमा करीब ३० हजारमा बेचिएकी छोरी र अलपत्र पारिएकी आमाको कथा

काठमाडौंकी बबिता (नाम परिर्वतन)ले २३ वर्षअगाडि काठमाडौंको नयाँ बसपार्क परिसरमा गार्डेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विकास (नाम परिर्वतन)सँग प्रेम विवाह गरेकी थिइन् । विकास विवाहित पुरुष थिए । उनकी जेठी श्रीमतीले अर्कैसँग विवाह गरेपछि विकासले बबितालाई भित्र्याएका थिए । जेठी श्रीमतीतर्फबाट विकासकी एक छोरी पनि थिइन् । विवाहको २३ वर्षको दौरानमा बबिताबाट ३ सन्तान भए । उनीहरूको घरपरिवार राम्रैसँग चलिरहेको थियो ।  व्यापार राम्रै भएकाले उनीहरूले काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि जोडेका थिए । त्यस...

सम्बन्धित सामग्री

निर्दयी आमा: भारतबाट छोरा-छोरी नेपाल ल्याइन्, होटेलमा छोडेर गायव

धनगढी : कैलालीमा बझाङका २ बालबालिकाको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट शनिवार २ बालबालिका उद्धार गरिएको हो। प्रहरीका अनुसार बझाङको छान्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।अत्तरिया बसपार्क नजिकैको एक होटलमा अलपत्र अवस्थामा भेटिएका उनीहरूको उद्धार गरेर स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए। उनीहरूले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताए

जंगलमा छोडिएकी १५ महिने अनामिकाको मृत्यु, बुवा पक्राउ

बागलुङ : बागलुङमा बुवाको बेहोसीका कारण १५ महिने बालिकाको मृत्यु भएको छ।बागलुङ नगरपालिका वडा नम्बर ६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए। एक दिनपछि जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका वडा नम्बर १ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याएपछि अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए। अनामिकाको आइतबा

बुबाको बेहोसीले नाबालक छोरीको ज्यान गयो

– रामबहादुर थापाआफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपरान्हतिर जङ्गलमा लगेर छाडिदिएका थिए । चौबिस घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।उद्धारपछि अस्पताल ल्याउँदा नल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए

बुबाले नै छोरी जंगलमा लगेर छाडिदिएपछि...

बागलुङ - आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा लगेर छाडिदिएका थिए । २४ घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबा...

दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्।सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्। बेलौरी नगरपालिकाको कुण्डाकी चौधरीलाई उनका पति रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी २ महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन्।‘श्रीमानले सधैं कुटपिट गर्थे,’ चौधरीले भनिन्, ‘माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी ल

छोरी बिमा कार्यक्रम अलपत्र

प्रदेश २ सरकारको महत्त्वाकांक्षी योजना ‘मुख्यमन्त्री छोरी बिमा कार्यक्रम’ रोकिएको छ । बैंकसँगको सम्झौता समयमै नवीकरण नहुँदा बिमा कार्यक्रम रोकिएको हो ।

बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन

आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। कि

शिविरमा गरिएको छोरी शिक्षा बीमा अलपत्र

मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रमबाट यहाँका २५ हजार छोरी वञ्चित भएका छन्। मधेशका २५ हजार छोरीको बीमा फाराम भरेको करिब दुई वर्ष भइसक्दा पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन। मधेश प्रदेशमा मुख्यमन्त्री ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीलाई सरकारले छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम गर्दै आएको छ। सुरुमा मुख्यमन्त्री कार्यालय मातहतबाट सञ्चालन भइरहेको यो कार्यक्रमका बारेमा चेतनामूलक शिविर नै सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो। शिविरबाट २५ हजार बालिकाको बीमा फाराम भरेर सम्बन्धित स्थानीय तहमा राखिएको थियो। ती फारामको हालसम्म बीमा गर्ने वा नगर्ने बारे कुनै निर्णय नै नभएको उहाँले बताउनुभयो।

छोरो नजन्मेको भन्दै अलपत्र छाड्ने बाबु छोरीकै शरणमा

कालीकोटः छोरो नजन्माएको भन्दै २० वर्षकी जर्माकुमारी र उनकी आमालाई बाबुले उनी सानै छँदा अलपत्र छाडेर अर्की पत्नी ल्याएर बसे। छोरी जन्माउनुमा आफ्नो कुनै दोष नरहे पनि जर्माकुमारीकी आमाले पति तीर्थबहादुर शाहीबाट सजाय भोग्न बाध्य भइन्। नाबालक तीन छोरी र आफूलाई अलपत्र पारी पतिले सौता हालेपछि उनका दुःखका दिन सुरु भए। जिल्लाको ...