विघटित प्रतिनिधिसभा सदस्य आचार्यद्वारा दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान

विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई व्यक्तिगत रूपमा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । पछिल्लो समय कोरोनाका जटिल प्रकृतिका बिरामी बढेसँगै नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै रसुवा अस्पताल...

सम्बन्धित सामग्री

प्रकाशमानमार्फत रत्नराज्य आइसोलेसनलाई हेकाफको सहयोग

काठमाडौं, २२ जेठ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहमार्फत हेकाफ–३६० नामको संस्थाले रत्नराज्य आइसोलेसलाई लाखौं मूल्य बराबराको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अनुरोधमा हेकाफ–३६० संस्थाले उपप्रधानमन्त्री एंव कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिंहमार्फत महादेवस्थान वानेश्वरस्थित रत्नराज्य हेकाफले पिपिई, मास्क, फेस सिल्डलगायतका लाखौं मूल्य बराबरको स्वास्थ्य […]

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी, २१ जेठ: मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो । […]

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग

विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला अस्पताल धुन्चे र जीवजीवे ग्रामीण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । उनले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक शयया पाँच वटा र सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ल...

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग

डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गरेका छन् । उनले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गरेका हुन् ।

निवर्तमान सांसद राईले धनकुटा पठाए २५ लाखभन्दा बढीको स्वास्थ्य सामग्री

काठमाडौं। विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई कोभिड-१९ लाई आवश्य पर्ने २५ लाख बराबरको स्वास्थ्य सामग्री तथा उपकरणहरू गृह जिल्ला धनकुटा पठाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर लगिएको निवर्तमान सांसद राईले बताए। धनकुटा पठाएको सामग्रीमा १५ थान अक्सिजन सिलिन्डर, एन्टीजोन किट, सर्जिकल मास्क भीटीआइ किट, सेनेटाइजर, पीपीई सेट, ग्लोब्स, अक्सिमिटरलगायतका सामग्री रहेको राईले बताए।

योगेश भट्टराईको समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री

नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ । उनका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन  १०० थान, पन्जा १०० जोर, मास्क  २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताए ।ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा.सोनिङ लामाले जि

नेता योगेश भट्टराईको समन्वयमा स्वास्थ्य सामग्री उपलब्ध

नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका सोमवार ताप्लेजुङ पठाइएको जनाइएको छ ।  उनका स्वकीय सचिव प्रेम गुरागाईंले ७ थान अक्सिजनसहित अक्सिज, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौंबाट ताप्लेजुङ पठाइएको बताए । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग...

पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै

पर्वत । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित बिरामी बढ्दै गएको र आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएकाले जिल्लामा स्वास्थ्य सामग्री ल्याउने कार्य अघि बढेको हो । अन्तरराष्ट्रिय लायन्स क्लबको १ करोड १७ लाख, जिल्लामा सक्रिय लायन्स क्लब अन्तर्गतका विभिन्न ८ क्लबबाट २३ लाख र कुश्मा नगरपालिकाको १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ लागत साझेदारीमा स्वास्थ्य सामग्री ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवं अस्पताल सम्बद्ध उपकरण खरीद तथा व्यवस्थापन समितिका संयोजक वसन्त कर्माचार्यका अनुसार उक्त रकमबाट जर्मन प्रविधिमा आधारित अत्यावश्यक स्वास्थ्य सामग्री खरीद सम्झौता भइसकेको छ, जसमध्ये कोभिडका बिरामीलाई पनि सहज हुनेगरी अहिले अक्सिजन कम्प्रेसर मेशिनलाई पहिलो प्राथमिकता दिएर ल्याउने तयारी गरिएको कर्माचार्यले बताए । पर्वत जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि सिलिण्डरमा भर्ने प्रविधि नभएकाले कम्प्रेसर मेशिन ल्याउने तयारी गरिएको उनको भनाइ छ । त्यस्तै भेण्टिलेटर, डायलासिस मेशिन, डिजिटल एक्सरे, कल्चरल चेकअप मेशिन लगायत सामग्री ल्याउन लागिएको छ । अस्पतालको भौतिक संरचना व्यवस्थित बन्दै गएपछि उपकरण पनि सोहीअनुसार व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।   कुश्मा नगरपालिकाले यसअघि ५ लाख रुपैयाँ प्रदान गरिसकेको र बाँकी १० लाख रुपैयाँ भुक्तानी दिन वैशाख ३० गतेको विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । यससँगै कुश्मा नगरपालिकाले कोभिड १९ का बिरामीलाई अस्पतालसम्म ल्याउन सवारीसाधन भाडामा लिएर सञ्चालन गर्ने निर्णय समेत गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।   अस्पतालमा थप उपकरण व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य पदम गिरीले समेत आफ्नो कोषबाट ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् । उक्त रकमबाट अस्पताललाई आवश्यक सामग्री खरीद गर्ने तयारी भएको अध्यक्ष पहाडीले जानकारी दिए ।

सांसद रोका स्वास्थ्य सामग्री लिएर जिल्लामा

रुकुम (पूर्व) । प्रतिनिधिसभा सदस्य कमला रोका  कोभिड– १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री लिएर

पूर्वमन्त्री बाँस्कोटाद्वारा स्वास्थ्य सामग्री सहयोग

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।