डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गरेका छन् । उनले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गरेका हुन् ।