नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ ।
कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका सोमवार ताप्लेजुङ पठाइएको जनाइएको छ ।
उनका स्वकीय सचिव प्रेम गुरागाईंले ७ थान अक्सिजनसहित अक्सिज, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौंबाट ताप्लेजुङ पठाइएको बताए ।
ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग...