कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग

विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला अस्पताल धुन्चे र जीवजीवे ग्रामीण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । उनले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक शयया पाँच वटा र सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ल...

सम्बन्धित सामग्री

पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर

हिमाली दूर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ ।भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद एवं सामाजिक अभियानकर्मी इञ्जीनियर मोहन आचार्यद्वारा कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण भएको हो ।रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल...

रसुवा अस्पतालमा भेन्टिलेटर

रसुवा। रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ। भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यले मिनी भेण्टिलेटर चार थान, पाँच वटा शय्या,अक्सिमिटर ३० वटा र सर्जिकल मास्क तीन हजार गरी १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

आइसीयू भेन्टिलेटर स्थापनार्थ ५० अस्पताललाई १ अर्ब ४१ करोड दिइने

काठमाडौं। अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि देशभरका ५० वटा अस्पतालमा आइसीयू भेन्टिलेटर स्थापना गर्न एक अर्ब ४१ करोड उपलब्ध गराउने निर्णय गरेको छ। आइसीयू भेन्टिलेटर स्थापना गर्न रकम पाउने अस्पतालहरुमा मुसीकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल, सेती प्रादेशिक अस्पताल, म्याग्दी अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, पाल्पा अस्पताल, महाकाली अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल आदि छन्।