म्याग्दी, २१ जेठ: मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो । […]