सिंगटी हाइड्रोको हकप्रद शेयर र तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ । 

सम्बन्धित सामग्री

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन १२, काठमाडौं । नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले काठमाडौं नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सात जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज १०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका सोमवार अर्थात् असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

असोज ८, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार असोज १० गतेसम्म रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा बिहान ११ बजे थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।

अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ १७, काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १८ गते अर्थात् शुक्रवारदेखि भदौ २४ गतेसम्म बन्द गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  साथै कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।

अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म

भदौ १६, काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १८ गते देखि २४ गतेसम्म बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  साथै कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेडटावर थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

भदौ ११, काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।   कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरिएको छ । भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतवार भदौ १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  साथै कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।  यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा बोलाएको हो ।  कम्पनीले सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेड टावर नेपाल थापाथलीबाट जुम माध्यमबाट गर्ने जानकारी गराएको छ ।

सिनर्जी पावरको १०.५३ %  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ ३, काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।  यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ७३ करोड ३२ लाख ५० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्तावित १० प्रतिशत बोनस शेयरपश्चात कायम हुने चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय समेत गरेको छ । उक्त लाभांश र हकप्रद शेयर विक्रीको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष कम रू. ८ करोड ३५ लाख ७७ हजार रहेको छ । विद्युत् विक्रीबाट गत चौथो त्रैमाससम्म रू. २० करोड १५ लाख ७५ हजार आम्दानी गरेको कम्पनीले रू. ८ करोड २७ लाख ४९ हजार खुद नाफा गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव २९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ४० रहेको छ ।

राधी विद्युत् कम्पनीको ३६.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असार १४, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्ष भने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।