अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ १७, काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १८ गते अर्थात् शुक्रवारदेखि भदौ २४ गतेसम्म बन्द गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  साथै कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।