भदौ १६, काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १८ गते देखि २४ गतेसम्म बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेडटावर थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।